त्रिभुुवन विश्वविद्यालयको बजेट २१ अर्ब १० करोड

त्रिभुुवन विश्वविद्यालयको बजेट २१ अर्ब १० करोड

काठमाडौं : त्रिभुुवन विश्वविद्यालय (त्रिवि) सभाको साधारण बैठकले आव २०७५/७६ का लागि २१ अर्ब १० करोड ८० लाख १३ हजार रुपैयाँ बजेट पारित गरेको छ । बजेटमा ११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार रुपैयाँ सरकारसँग अनुदान माग गर्ने र बाँकी ९ अर्ब ७९ करोड ६ लाख २८ हजार रुपैयाँ आन्तरिक स्रोतबाट बेर्होने प्रस्ताव गरिएको छ ।

मंगलबार भएको सभामा प्रधानमन्त्री एवं कुलपति केपी ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियान सार्थक बनाउने सक्षम दक्ष जनशक्ति निर्माण गर्नुपर्ने बताए । उनले देशको स्रोत साधनअनुकूल नीति र कार्यक्रम निर्धारण गरी सञ्चालन गर्न समेत त्रिविलाई सुझाव दिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयको उत्पादन उत्कृष्ट हुनुका साथै राष्ट्रको आवश्यकताअनुकूल हुनुपर्ने बताए ।

उपकुलपति प्राडा.तीर्थराज खनियाँले त्रिविले देशको समस्त क्षेत्रको विकासका लागि आवश्यक जनशक्ति तयार गर्न, राष्ट्रिय संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्न, कला, विज्ञान, प्रविधि तथा व्यावसायिक क्षेत्रको ज्ञान र अनुसन्धान व्यापक र समयसापेक्ष बनाउन स्थापनाकालदेखि नै क्रियाशील रहेको बताए ।

सभाले त्रिवि कार्यकारी परिषद्को सदस्यमा वनस्पतिशास्त्रका प्रा डा.मोहनप्रसाद पन्थी र शिक्षाशास्त्र संकायका डिन प्राडा.कृष्णप्रसाद गौतमको नामसमेत अनुमोदन गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.