१० हजार गाई पाल्न सहयोग खोज्दै गण्डकी प्रदेश

१० हजार गाई पाल्न सहयोग खोज्दै गण्डकी प्रदेश

पोखरा : दस हजार गाई पालेर प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउने योजना कार्यान्वयन गर्न गण्डकी प्रदेश सरकारले चिनियाँ सहयोग लिने अनुमति दिन नेपाल सरकारलाई अनुरोध गरेको छ । दूग्ध विकास बोर्ड गठन आदेश प्रदेश संसद्बाट पारित गरिसकेको सरकारले बोर्डमार्फत् गाईपालन र दूध उत्पादन गर्ने योजना बनाएको छ ।

चिनियाँले गाईपालनका लागि सहयोग गर्न रुचि देखाइरहेका बेला प्रदेश सरकारले संघको अनुमतिका लागि अनुरोध गर्ने निर्णय गरेको भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले दिए । गण्डकी प्रदेश मन्त्रिपरिषदको बुधबारको बैठकले उक्त अनुरोध गरेको हो । मोडेल फर्म बनाउने, दूध र दुग्धजन्य पदार्थ उत्पादन गर्ने गरी चिनियाँले व्यवस्थापनमा पनि सघाउन चासो देखाएका छन् ।

यसअघि प्रदेशका भूमि व्यवस्था, सहकारी तथा कृषिमन्त्री लेखबहादुर थापामगरले ३ वर्षमै प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउने योजना सुनाएका थिए । कृषिलाई व्यावसायीकरण गर्ने, कृषकलाई प्रोत्साहन गर्ने नीति प्रदेश दुग्ध विकास बोर्ड गठन आदेशमा रहेको उनले जानकारी दिएका थिए ।

मन्त्रिपरिषदको बुधबारको बैठकले प्रदेश वन विधेयकलाई सैद्धान्तिक स्वीकृति दिएको जानकारी पनि प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतले दिए । वन तथा वन्यजन्तु तथा जैविक विविधता संरक्षणलगायत काम गर्ने कानुनी बाटो खुला गर्न प्रदेशले वन कानुन ल्याउन लागेको छ ।

प्रदेश पर्यटन विधेयकलाई मन्त्रिपरिषदले सैद्धान्तिक स्वीकृति दिएको छ । प्रदेशको पहिलो प्राथमिकतामा पर्यटन छ । तर संघीयता कार्यान्वयनसँगै कास्कीको पर्यटन कार्यालय खारेज भएको छ । तसर्थ पर्यटन प्रवद्र्धन केन्द्र खोल्न र १५ जना कर्मचारीको व्यवस्था गरिदिन प्रदेश सरकारले संघलाई अनुरोध गरेको छ ।

मुलुककै कान्छो जिल्ला नवलपुरमा घरेलु तथा साना उद्योग कार्यालय स्थापना गर्न र त्यहाँ १४ जना कर्मचारीको व्यवस्था गरिदिन गण्डकी सरकारले संघलाई अनुरोध गर्ने निर्णय गरेको छ । नवलपुर नयाँ जिल्ला भएकाले साविक जिल्लामा जस्तो धेरै कार्यालय छैनन् ।


 मुख्यमन्त्री चीन जाने

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ९ गते चीन भ्रमणमा जाने भएका छन् । १५ भदौसम्मको उनको भ्रमणमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरिधारि शर्मा, प्रमुख सचिव लक्ष्मीराम पौडेल र मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेसमेत सहभागी हुँदैछन् । हाइनान प्रान्तका सरकार प्रमुखको निमन्त्रणामा मुख्यमन्त्री चीन जान लागेका हुन् । हाइनान प्रान्तको विशेष प्रान्तीय दिवसमा मुख्यन्त्री गुरुङलाई निम्तो आएको प्रदेश सरकार स्रोतले जनाएको छ ।

गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतका अनुसार मुख्यमन्त्रीको चीन भ्रमणलाई नेपाल सरकारले स्वीकृति दिइसकेको छ । भ्रमणमा प्राविधिक विद्यालय स्थापनाबारे छलफल हुने बताइएको छ । गण्डकी प्रदेशको पर्यटन, कृषि र शिक्षालगायत विषय मुख्यमन्त्रीको भ्रमणको उद्देश्य रहेको मन्त्री बस्नेतले बताए । हाइनान प्रान्तसँग गण्डकीको मितेरी साइनो गाँस्ने योजनासमेत छ । चिनियाँले मुख्यमन्त्रीको यस भ्रमणका बेला साइनो गाँसिहाल्ने प्रस्ताव गरे पनि तयारीपूर्वक सम्बन्ध गाँस्ने गण्डकीको योजना छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.