बेगनास तालमा फेरि लापरबाही

बेगनास तालमा फेरि लापरबाही

पोखरा : अनावश्यक यात्रुको भीड लाग्दा बेगनाशतालमा शनिबार जलकुम्भी झार फाल्ने मेसिन पल्टिएको छ । १० जना चढेको मेसिन पल्टिँदा सौभाग्यबस मानवीय क्षति भने भएन । २ साताअघिको शनिबार मात्रै क्षमताभन्दा बढी १० यात्रु चढेको डुंगा डुब्दा ६ जनाको ज्यान गएको थियो । 

पोखरा महानगपालिका वडा नम्बर ३१ का अध्यक्ष कमलबहादुर थापासहित स्थानीय क्लबका अध्यक्ष लगायत उक्त मेसिनमा चढेका थिए । मेसिन घोप्टिनेबित्तिकै पानीमा खसेका सबै १० जनाको सकुशल उद्धार हुन सक्दा क्षति टरेको थियो । उक्त मेसिनमा वडा सदस्य विष्णुबहादुर भुजेल, वडा ३१ का इन्जिनियर विमल आचार्य, पत्रकार नवराज सापकोटा, डुंगा व्यवसायी समितिका सदस्य सविन सापकोटा, मत्स्य व्यवसायिक समतिका अध्यक्ष राजेन्द्र जलारी र ज्ञानु जलारी पनि जलकुम्भी फाल्ने मेसिनमा सवार थिए ।
 

२३ भदौको शनिबार १० जना चढेर डुबेको डुंगाका कुनै पनि यात्रुले लाइफ जाकेट लगाएका थिएनन् । यो शनिबार जलकुम्भी हटाउन प्रयोग भएको मेसिनका यात्रुले पनि लाइफ जाकेट लगाएका थिएनन् । 

दुर्घटनामा परी घाइते भएका बेगनास युवा क्लबका अध्यक्ष रामबहादुर रानाभाट र डुंगा व्यवसायिक समितिका अध्यक्ष सोमराज कँडेल सामान्य घाइते भएका थिए । उनीहरुको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा उपचार भएको छ । यसअघि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी असार १ गते डोजरमा चढ्दा अन्जानबस भएको दुर्घटनामा ५ जना पत्रकार घाइते भएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.