समयमै पुल नबन्दा ट्युबको भर

समयमै पुल नबन्दा ट्युबको भर

दार्चुला : दार्चुलाको लेकम गाउँपालिका–३ लालीमा निर्माणाधीन नेपाल–भारत जोड्ने पुलमा काम रोकिएको झन्डै ३ महिना बितेको छ । विभिन्न कारण देखाउँदै गत असारदेखि नै निर्माण कार्य अवरुद्ध जस्तै छ ।

नदीमा पानीको सतह बढेको कारण काम गर्न नसकिएको भन्दै असार महिनादेखि नै काम हुन नसकेको हो । समयमै निर्माण सम्पन्न गर्न नसकेर दुई पटक म्याद थप भएको पुलको निर्माण कार्य पछिल्लो पटक मंसिर २० गतेसम्म सम्पन्न गर्ने गरी म्याद थपिएको छ ।

सरकार र निर्माण कम्पनीले बाचा गरे अनुसार नदीमा पुल नबनाइदिँदा आशमा रहेका स्थानीय निराश बनेका छन् । उनीहरु हरेक दिन ट्युबको सहारामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

पुल नबन्दा ट्युबको सहारा

बाहानै बाहानामा पुल निर्माण ढिलाइ गरिँदा स्थानीयले भने वर्षौदेखि नदीको भेलमाथि भगवान भरोसामा ज्यानमारा ट्युबको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । अहिले पनि लेकम गाउँपालिकाको वडा नम्बर ३ लाली, वडा नम्बर ४ खरकडा, वडा नम्बर १ सर्मौली, वडा नम्बर २ कुणी, वडा नम्बर ५ मैखोली, अम्कुर राली राडुम क्षेत्रका जनता ट्युबमार्फत महाकाली नदी वारपार गर्न बाध्य छन् ।

ट्युबको सहारामा नदी पार गर्नुपर्दा स्थानीयलाई दैनिक उपभोग्य सामाग्री ल्याउन पनि कठिन छ । लाली पुललाई लेकम गाउँपालिकाको आर्थिक एवं ब्यापारिक नाकाको रूपमा समेत लिइन्छ । आन्तरिक आयस्रोतको बलियो आधार नभएको लेकम गाउँपालिकामा आर्थिक, ब्यापारिक चहलपहल बढाउन नेपाल–भारत सीमा नाकामा झोलुङ्गे पुलमात्रै नभइ पक्की पुल आवश्यक रहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।

केपी ओली नेतृत्वको सरकारले जिल्लाभरीका तुईन विस्थापित गर्ने घोेषणा गरेको पनि झन्डै ३ वर्ष बित्न लाग्दासम्म केही सुनवाइ हुन सकेको छैन ।  जसले गर्दा स्थानीय हरेक दिन ट्युबमा आवत–जावत गर्छन् । साथै भारती एस एसबीको गाली र कुटाइ समेत खेप्नुपर्ने बाध्यता छ ।

जब कि, भारतबाट खाध्य वस्तुको नाममा एक कठा चामल मात्रै ल्याउन मिल्ने अवस्था छ । यता नेपाल सरकारले भने यस्तो पीडा नबुझिदिएको स्थानीयको गुनासो छ ।यतिसम्म कि, ट्युबमै आवत–जावत गर्दा थुप्रै मानिसको अकालमै ज्यान समेत गएको छ । ज्यान गुमाउनेमा धेरैजसो बालबालिका छन् । गत वर्ष मात्रै ट्युब पल्टिएर ५ जनाले ज्यान गुमाए ।

खासगरी बिरामी, गर्भवती तथा बालबालिकालाई नदी पार गराउन मुस्किल हुने स्थानीय बताउँछन् । 

लालीको पुल निर्माणको लागि ०७३ असोज ४ गते कुल १ करोड ३२ लाख रूपैयाँ लागतमा मनोमालिका कन्सट्रक्सनसँग सम्झौता भएको थियो । सुरुको एक वर्ष भारतीय स्थानीय प्रशासनको अनुमति नपाएको भन्दै रोकिएको काम दोस्रो वर्ष भारतबाट निर्माण सामाग्री ल्याउन नसकेर काम गर्न नसकिएको सहायक ठेकेदार दीपक साउदले बताए । 

अहिले निर्माण सामाग्री ढुवानी गरे पनि मिस्त्रीहरूले नदीमा पानीको सतह बढेर काम गर्न नसकिने बताएपछि असोज १५ गतेसम्मका लागि काम बन्द गरिएको साउदाको भनाइ छ ।

पहिलोपटक केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला तुइन विस्थापन कार्यक्रम अन्तरगत लालीको कयलपालमा नेपाल–भारत जोड्ने झोलुंगे पुल निर्माण गर्ने भन्दै टेण्डर भए पनि कछुवा गतिमा काम हुँदा हालसम्म निमार्ण सम्पन्न हुन नसकेको हो ।

दैनिक एक सय तिर्नुपर्ने बाध्यता

महाकालीको उर्लिँदो भेल छिचोल्दै ट्युब तारिदिने व्यक्ति ‘ड्राइभर’ लाई ज्याला स्वरुप एक सय रूपैयाँ तिर्नुपर्ने बाध्यता छ । हिउँदमा भने  ५० रूपैयाँ तिरे पुग्छ । तर यस्तो तरिका स्थानीयलाई चित्त बुझेको छैन । 

‘पैसा तिरेर पनि ढुक्कसँग नदी पार गर्न सकिँदैन । बाबुनानी ट्युबमा तर्न सफल भए भने ठूलो युद्ध जिते झैँ हुने रहेछ,’ मालीकार्जुन–६ की सरस्वती चन्द बताउँछिन्, ‘सरकारले निर्धारित समयमै पुल बनाइदिएको भए ज्यान धरापमा राखेर नदी पार गर्नु पर्दैनथ्यो’

नेपालको बाटो प्रयो गर्दा झन्डै २ दिनमा सदरमुकाम खलंगा पुगिन्छ भने ट्युबमा केही समयमै पुग्न सकिने भएकाले पनि स्थानीय ट्युबको सहारामा जोखिम मोल्न तयार देखिएका हुन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.