नातिनी बलात्कारका अभियुक्त थुनामा

नातिनी बलात्कारका अभियुक्त थुनामा

नेपालगन्ज : आफ्नै नातिनी बलात्कार गरेको अभियोगमा पक्राउ परेका कोहलपुर नगरपालिकाका तरकारी बाजेलाई अदालतले पुर्पक्षका लागि थुना राख्ने आदेश दिएको छ ।

आफ्नै १३ वर्षीया नातिनीलाई तीन वर्षदेखि बलात्कार गर्दैआएको अभियोगमा पक्राउ परेका तरकारी बाजेलाई जिल्ला अदालत बाँकेले थुनामा राख्न आदेश दिएको हो ।

तरकारी बाजे पक्षधर अधिवक्ताले पारिवारिक रुपमा आर्थिक वार्गेनिङका क्रममा बलात्कारको झुठो अभियोग लगाएको दाबी गर्दै धरौटीमा रिहा गर्न माग गरेका थिए भने नातिनी पक्षधर अधिवक्ताले भने यो आरोपको प्रतिवाद गर्दै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने तर्क गरेका थिए ।

अदालतमा बिहीबार सम्पन्न थुनछेक बहसपछि जिल्ला न्यायाधीश अनिलकुमार शर्माले थुनामा राख्न आदेश दिएको अदालतका तहसिलदार शाखा अधिकृत नारायण सापकोटाले जानकारी दिए ।

‘तत्काल प्राप्त प्रमाणले निर्दोष हुन् भन्ने नदेखिएकाले पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई कारगार पठाइदिनु’, आदेशमा उल्लेख गरिएको छ । उनलाई आगामी असोज २१ गते जिल्ला अदालतमा हाजिर हुन पनि आदेशमा भनिएको छ ।

तरकारी बाजेकोतर्फबाट बरिष्ठ अधिवक्ता भोलासिंह हमाल, वासुदेव ज्ञवाली, लोकबहादुर शाह, टीकाजंग सिंह, पदम पाण्डे, पुनाराम चौधरी, श्यामबहादुर शाही, रुद्रमणि न्यौपाने र जयप्रसाद पौडेलले थुनछेक बहस पैरवी गरेका थिए ।

नातिनीका तर्फबाट भने सरकारी वलिक टेकबहादुर थापा र अधिवक्ता प्रल्हादबहादुर कार्कीले बहस गरेका थिए । बाजेलाई कारवाही गर्न दबाव दिँदै स्थानीयले कोहलपुर इलाका प्रहरी कार्यालय अगाडि धर्ना दिँदैआएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.