कालीगण्डकी ए मर्मत सुरु

कालीगण्डकी ए मर्मत सुरु

स्याङ्जा : कालीगण्डकी ए जलविद्युत केन्द्रको विद्युत उत्पादन टर्बाइन मर्मत सुरु भएको छ । गत आइतबारदेखि सुरु भएको मर्मतका लागि विद्युत गृहका ३ वटै टबाईन बन्द गरीएका छन् । मर्मतका लागि टबाईन बन्द भएपछि १ सय ४४ मेगावाट उत्पादन क्षमताको कालीगण्डकी एबाट बिजुली उत्पादन भएको छैन ।

केन्द्रले ३ चरणमा मर्मत गर्ने जनाएको छ । पहिलो चरणमा असोज ७ देखि १२ गतेसम्म सबै उत्पादन बन्द गरी मर्मत गर्ने भएको छ । १३ देखि कात्तिक ५ गतेसम्म २ वटा टबाईन सञ्चालनमा ल्याउने र कात्तिक ५ देखि १२ गतेसम्म सबै टर्बाइन फेरि बन्द गरी सबै मर्मत पुरा गरिने भएको छ । दुई टर्बाइन सञ्चालन हुँदा केन्द्रले ७० देखि ९० मेघावाट विद्युत उत्पादन हुने केन्द्रले जनाएको छ । आइतवारदेखि सुरु भएको मर्मत कात्तिक १२ सम्ममा सक्ने लक्ष्य छ ।

कालीगण्डकी ए उत्पादन गृहमा रहेका टर्बाइनमा समस्या देखिएपछि मर्मत सुरु गरिएको हो । केन्द्रले वर्षेनी टर्बाइन मर्मत गर्दै आएको छ । विद्युत केन्द्रमा रहेका ४८/४८ मेगावाटका ३ वटा टर्बाइनमध्ये हरेक वर्ष एउटा टर्बाइनलाई विशेष मर्मत गर्नु पर्ने स्याङ्जाका प्रशासकीय अधिकृत यादवराज शर्माले जानकारी दिए । यसवर्ष टर्बाइन २ को मर्मत सुरु भएको हो । विशेष मर्मतपछि टर्बाइन ३ वर्ष राम्ररी चल्ने शर्माले बताए ।

पानीसँगै आउने बालुवाका कणले विद्युत उत्पादन गृहका उपकरणसहित टर्बाइनमा क्षति पुग्ने हुँदा वर्षेनी मर्मत गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए । मर्मतका लागि जापानी कम्पनी तोसिबाले जिम्मेवारी पाएको छ । मुलुकै ठूलो जलविद्युत उत्पादन गृह बन्द हुँदा दैनिक ठुलो घाटा पुग्ने कालीगण्डकी ए उत्पादन केन्द्रका प्रमुख राजेशकुमार पाण्डेले बताए । ‘जापानी प्राविधिकसँगै नेपाली प्राविधिक पनि मर्मतमा जुटेका छन्’, प्रमुख पाण्डेले भने, ‘तोकेको समयभन्दा अगाबै मर्मत पुरा गर्ने छौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.