दसैं-तिहार लक्षित गर्दै भैरहवा नाकामा 'हेल्प डेस्क'

दसैं-तिहार लक्षित गर्दै भैरहवा नाकामा 'हेल्प डेस्क'

भैरहवा : रुपन्देही प्रहरीले दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्लाको सीमानाका बेलहिया (भैरहवा) मा नागरिक साहयता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ। दसैं, तिहार मनाउनका लागि भारतमा कार्यरत नेपाली घर फर्किने क्रम सुरु भएसँगै उनीहरुको सहयोगार्थ सिमानाका बेलहिया हेल्प डेस्क स्थापना गरिएको हो।

दसैं-तिहारको समयमा विगतमा धेरै यात्रु अलपत्र पर्ने, लुटिने, दुव्र्यहार हुने गरेकाले यस्ता घटनाबाट नागरिकले दु:ख नपाउनु भनि साहयताका लागि हेल्प डेस्क स्थापना गरिएकको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख एवं प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए।

उनले भारतबाट फर्किने नेपालीलाई लुटेराले नसालु पदार्थ खुवाएर लुटपाट हुने भएकाले भारतमा कार्यरत आफन्त, साथीभाएलगायतलाई घर फर्किने बेलामा कसैले पनि बाटोमा केही खाना दिएमा नखान सचेत गराउन समेत आग्रह गरेका छन्। चाडपर्वमा अधिकांश घटना नसालु पदार्थ खुवाएर हुने गरेका छन्।

गत वर्ष भारतबाट फर्किने २० जना नेपालीलाई नसालु पदार्थ खुवाएर लुटपाट गरिएको थियो भने यस वर्षको दसैं मनाउन घर फर्किने ९ जना नेपालीलाई लुटिएको कार्यालयमा उजुरी आएको उनले बताए। लुटिएका केही प्रहरीको सम्पर्कमा आउने गरेका छन् भने केही सम्पर्कमा आउँदैनन्।

लुटिएर बेखर्ची भएका नेपालीलाई प्रहरीले उद्दार गर्ने गरेको छ। र, सोही अनुसार यस वर्ष पनि प्रहरीले भारतबाट फकिर्ने नेपालीको सहयोगको लागि नागरिक सहायता कक्षको स्थापना गरेको हो । बेलहिया नाकामा स्थापना गरिएको हेल्प डेस्कमा प्रहरी, स्थानीय क्लब, संघसंस्था, यातायाताका प्रतिनिधिको सहभागीता रहनेछ।

भारतबाट फर्किने क्रममा कसैलाई कुनै समस्या परेमा तत्काल नागरिकले हेल्प डेस्कमा सम्पर्क गर्न सक्नेछन् भने उनीहरुको समस्या तत्काल सम्बोधन गरी उनीहरुलाई आवश्यक सहयोग गरिनेछ।

शुक्रबार इलाका प्रहरी कार्यालय बेलहियाले आयोजना गरिएको नागरिक सहायता कक्ष स्थापना कार्यक्रममा प्रहरी निरीक्षक थापाले भारतबाट फर्किने क्रममा लुटिएका नेपालीलाई यातायात चालक, व्यवसायीसँगको सहयोगमा उनीहरुलाई गन्तव्यसम्म पुर्‍याउनका लागि समेत हेल्प डेस्कले व्यवस्था मिलाइएको बताए।

त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख बेद पौडेलले दसैं तिहारको समयमा सीमानाकामा भीडभाड हुने भएकोले अपराधिक मनोवृति हावी भएका व्यक्तिले अपराध गर्नसक्ने भएकाले सबैलाई सचेत रहन आग्रह गरेका छन्।

उनले दसैं-तिहार मनाउन फर्किरहेका नेपालीसँग मनोमानी रुपमा भाडा लिने रिक्सा चालक, बस, ट्याक्सी व्यवसायीलाई सचेत गराउने कार्य भइरहेको र मनोमानी भाडा लिएको पाइएमा कारबाही  गरिने बताए।

यस्तै कार्यक्रममा सिद्धार्थ यातायात प्रालिका अध्यक्ष सूर्यकुमार सारु मगरले चाडपर्वको बेला लुटिएर बेखर्ची भएका पीडित यात्रुलाई आफ्नो कम्पनीले निःशुल्क गन्तव्यसम्म पुर्‍याइदिने प्रतिवद्धता जनाए । उनले यातायातका चालक, सहचालक कसैले यात्रुलाई दुव्र्यहार, बढी भाडा लिएको वा अन्य कानुनको उल्लंघन गर्ने कार्य गरेको पाइएमा तत्काल कारबाही गर्न प्रहरीलाई आग्रह समेत गरे।

उनले आफूहरुले यात्रुलाई सहज सेवा दिने उद्देश्यले यातयात कम्पनी संचालन गरेको बताउँदै नागरिकको सहायताका लागि स्थापना गरिएका हेल्प डेस्कलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए। समस्या परेमा ९८५७०१६२०२, ९८५७०९०३४७, ९८५७०९०६२२ वा १०० नम्बरमा सम्पर्क गर्न इलाका प्रहरी कार्यालय बेलहियाले आग्रह गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.