निर्मला हत्या प्रकरण : न्याय माग्दै विद्यार्थीले गरे प्रर्दशन

निर्मला हत्या प्रकरण : न्याय माग्दै विद्यार्थीले गरे प्रर्दशन

स्याङ्जा : बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरका १३ वर्षीया निर्मला पन्तको न्याय माग्दै स्याङ्जाका विद्यार्थीले प्रदर्शन गरेका छन्। बलात्कारसम्बन्धी घटनाको विरोधमा विर्थीले र्‍यालीसहित विरोध प्रर्दशन गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन आदर्श बहुमुखी क्याम्पस स्याङ्जाको आयोजनामा आइतबार बलात्कार, दण्डहीनता, महंगी, भाडा वृद्धिविरुद्ध सदरमुकाममा प्रर्दशन गरेका हुन्।

'सरकार के म सुरक्षित छु', 'निर्मलालाई न्याय देउ, बढ्दो महंगी फिर्ता गर, 'बलात्कारै बलात्कार, के सरकार अन्धा छौं' लगायतका लेखिएका प्ले कार्ड बोकेर सयौं छात्रछात्रा सडकमा उत्रिएका छन् । 

सदरमुकाम समेत रहेको पुतलीबजार नगरपालिका- १ स्थित क्याम्पसबाट सुरु भएको विरोध र्‍यालीले सदरमुकामका मुख्य बजार भिमसेनचोक, बैंकरोड, ठाडोलाइन, अभियानपथ, लोकतान्त्रिक चोक, वीप चोक, चौकी, हुलाक मार्ग हुँदै सहिदचोकमा पुगेर कोणसभामा परिणत भएको हो। 

कोणसभामा बोल्दै क्याम्पस प्रमुख अर्जुनबन्धु अर्यालले अमानवीय प्रकृतीका यस्ता घटनाको तत्काल समाधान नगर्दा बलात्कार र हत्याजस्ता हिंसात्मक घटना दिनप्रतिदिन बढ्दै गएको बताउँदै सरकारले तत्काल दोषी पत्ता लगाई कानुनी कठघरामा ल्याउनुपर्नेमा जोड दिए।

कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन आदर्श बहुमुखी क्याम्पस स्याङ्जाका सभापति सुनिलबाबु चापागाईले बहुमत प्राप्त सरकार, समावेसीका कुरा गर्ने सरकार कलिला नानीहरु दिन दहाडै निमोठिदा मौन बस्नु लाचारीपन रहेको आरोप लगाए।

विद्यार्थी नेता चापागाईले भने, 'महिनादिनमा ४/५ पटक पेट्रोलियम पदार्थमा वृद्धि, भाडा दर र खाद्य पदार्थको वृद्धिले सबैभन्दा बढी विद्यार्थी प्रभावित बनेको बताए।' स्ववियु उपसभापति गौरब प्रधान, नेपाल विद्यार्थी संघका क्षेत्रीय सभापति विज्ञान भण्डारी, विद्यार्थी वर्षा खड्कालगायतले पन्तलगायतका प्रभावित बालबालिका तथा महिलाको बलात्कार र हत्या हुँदा सरकार मुकदर्शक बनेको आरोप लगाए।

उनीहरुले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा र बढ्दो महंगी तत्काल घटाइ नेपाली नागरिकलाई शान्तिसँग बाच्न पाउने अधिकारको सुनिश्चिता गर्न आग्रह गरेका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.