बिरामीको मृत्यु भएपछि लाइफलाइन अस्पतालमा तनाव

बिरामीको मृत्यु भएपछि लाइफलाइन अस्पतालमा तनाव

दमक : उपचारको क्रममा बिरामीको मृत्यु भएपछि झापाको दमकस्थित लाइफलाइन अस्पतालमा तनाव सिर्जना भएको छ। डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तहरूले प्रर्दशन गरेपछि अस्पताल तनावग्रस्त बनेको हो।

दमक–६ का ७५ वर्षिया सीतादेवी शाहको बुधबार साँझ उपचारका क्रममा मृत्यु भएपछि मृतकका परिवार र  आफन्तले बुधबार रातिसम्म प्रर्दशन गरेका हुन्। पाँच दिनअघि पेट दुखाईका कारण अस्पतालमा भर्ना भएका शाहलाई चिकित्सककै सहमतिमा बुधबार दिउँसो सिटी स्क्यान गर्नका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल रेफर गरिएको थियो।

सघन उपचार कक्षमा उपचाररत शाहलाई सिटीस्क्यान गरेर पुनः उपचार कक्षमा ल्याउन साथ श्वासप्रश्वासमा समस्या आएको थियो। शाहको अकस्तमात हृदयघात भएको अस्पतालले जनाएको छ।

अस्पतालले दिएको जवाफप्रति मृतक परिवारले असन्तुष्टि जनाउँदै प्रर्दशन गरेका थिए। मृतकका छोरा वीरेन्द्रले  श्वासप्रश्वासमा समस्या आउन साथ अक्सिजन लगाएर उपचार गर्न छाडेर आधा घण्टा त्यतिकै राख्दा आफ्नी आमाको अकालमा ज्यान गएको बताए।

उनले स्वास्थ्यकर्मीको चरम लापरवाही भएर आमाले अकालमा ज्यान गुमाउनु परेको दावी गरे। अस्पतालका मेडिकल अधिकृत डाक्टर राजु शाहले भने विरामीको हृदयाघातबाट निधन भएको बताए।

बिहीबार बिहान मृतकका परिवार र अस्पताल प्रशासनबीच सहमति भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए। के सहमति भयो भन्ने खुलाइएको छैन। सहमति भएसँगै पीडित पक्षले शव उठाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.