‘भगवान’ बनाएरै १६ जनाको परिवार चल्छ (फोटोफिचर)
भैरहवा : चाडपर्व नजिकिँदै गर्दा कोटहीमाई गाउँपालिका–७ कटैयाका वैजनाथ प्रजापति ब्यस्त बन्छन् । उनको खास काम ‘भगवान’ बनाउनु अर्थात् भगवानको मूर्ति बनाउनु हो ।
बैजनाथ रातदिन विभिन्न आकृतिका मूर्ति बनाउन ब्यस्त छन् । माटो, परास, बाँस, किल्ला लगायत अन्य सिंगार साम्रगीलाई उपयोग गर्दै उनले बनाएका मूर्ति किन्न मान्छेको भीड लाग्छ ।
उनको १६ जनाको परिवारको गुजारा यही पेशाको आम्दानीबाट चल्दै आएको छ । पुर्खौली पेशालाई लामाे समयदेखि पच्छ्याउँदै आएका छन् । बैजनाथ अहिले ८५ वर्ष पुगे । तै पनि यो पेशाबाट मोह भंग भएको छैन ।
अहिले दसै–तिहारलाई लक्षित गर्दै उनले २८ वटा भगवानको ठूला मूर्ति बनाइसके । यस काममा उनको छोराले पनि साथ दिन्छन् । सामान्यतः ३-४ दिन लाग्छ एउटा मूर्ति बनाउन । जति हतार भए पनि २४ घण्टा त लाग्छ नै।