भवन नबन्दा सुस्त श्रवण विद्यार्थीलाई सकस

भवन नबन्दा सुस्त श्रवण विद्यार्थीलाई सकस

प्यूठान : बहिरा तथा सुस्त श्रवण विद्यार्थीका लागि निर्माणधिन कक्षाकोठा र आवशीय भवन वर्षौंदेखि अलपत्र भएका छन्। प्यूठान नगरपालिका–१ खैरास्थित भुवनेश्वरी मावि परिसरमा निर्माण थालिएका भवन दुइवर्षदेखि अलपत्र परेका हुन्। सम्वन्धित निकायको वेवास्ताले भवन निर्माणले पूर्णता पाउन सकेको छैन्। बनेको संरचना समेत जिर्ण हुँदै गएको छ। तयार भएका संरचनालाई घाँसले ढाकिसकेको छ।

तीन वर्षअघि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पाको सहयोगमा सुस्त श्रवण विद्यार्थीका लागि आवाशीय भवन निर्माण थालिएको हो। डिभिजन कार्यालयले पाँचलाख रुपैयाँ सहयोग गरेको प्रधानाध्यापक मूक्तीप्रसाद पोखरेलले जानकारी दिए। ‘साविकको जिल्ला विकास समितिको पाँच लाख रुपैयाँ सहयोगमा दुइवटा भवन निर्माण थालिएको थियो’, उनले भने, ‘तर दुवै भवन अलपत्र छन्।’

शौचालयसहित ६ वटा आवशीय भवन निर्माण गर्ने योजना अधुरै रहेको उनको गुनासो छ। कक्षाकोठाको पिलर र गारो लगाइएको छ भने आवशीय भवनको पिलर मात्र उठाइएको छ। विद्यालयले २०५९ सालदेखि सुस्त श्रवण स्रोत कक्षा सञ्चालन गर्दै आएको छ। जिल्लाको एकमात्र सो कक्षामा ३२ जना बालवालिका अध्ययनरत छन्।

कक्षाकोठा अभावले प्रभावकारी पठनपाठन र आवासका लागि समस्या भइरहेको सुस्त श्रवण स्रोत शिक्षक धनेश्वर पोख्रेलले गुनासो गरे। ‘एकदेखि तीन कक्षासम्मका विद्यार्थी एउटै कोठामा राखेर पढाउनु परेको छ’, उनले भने, ‘निर्माणधिन अलपत्र भवन पुरा गरिदिए सजिलो हुन्थ्यो।’ उनका अनुसार छिमेकी जिल्ला गुल्मी, अर्घाखाँचीसहित जिल्लाका तिराम, दाङवाङ, नयाँगाउँ, रजवारा, बेलवास, बांगेशाल, धुवाङ, हंसपुर, बडडाँडा, गोठिवाङ, धुवाङ गाउँका विद्यार्थी अध्ययनरत छन्।

निर्वाचित जनप्रतिनिधीसँग निर्माणाधीन भवनलाई पूर्णता दिन पहल गरिदिन विद्यालयले आग्रह गरेको छ। स्थानीय तह पुनःसंरचनासँगै जिल्ला विकास समिति भंग भएपछि विद्यालय भवन निर्माण अलपत्र परेको हो। विद्यालय हाताभित्र तारजाली नहुँदा असुरक्षा बढ्दै गएको प्रधानाध्यापक पोखरेलले बताए।

शान्ति तथा पूनः निर्माण मन्त्रालय अन्तर्गत थालिएका भवनलाई सम्वन्धित स्थानीय तहले पूर्णता दिनुपर्ने प्रावधान रहेको जिल्ला सम्वन्य समिति प्यूठानका प्रमुख केशवराज आचार्यले जानकारी गराए। ‘जिविसले थालेका भवनलाई पूर्णता दिनेगरी मन्त्रालयबाट सहयोग गर्ने आश्वासन पाएका छौं’, उनले भने, ‘जिल्लाभरको तथ्यांक संकलन गर्दैछौं।’

शहरी विकास तथा भवन डिभिजन कार्यालय रोल्पा अन्तर्गत सञ्चालित सवै योजना प्रदेश कार्यालय अन्तर्गत हुने कार्यालयका लेखा अधिकृत झगबहादुर दसौदीले जानकारी दिए। प्रदेश डिभिजन कार्यालय दाङ स्थापनापछि अलपत्र संरचनाले पूर्णता पाउनसक्ने उनको भनाइ छ। अलपत्र भवन निर्माणलाई पूर्णता दिने विषयमा प्यूठान नगरपालिकाले पहल थाल्ने नगरप्रमुख अर्जुनकुमार कक्षपतीले आवश्वासन दिएका छन्।

थोरै संख्यामा रहेका फरक क्षमताका बालवालिकाको भविष्यका लागि सवैको पहल आवश्यक रहेको उनले सुनाए। १६ वर्षदेखि नियमित सञ्चालन भइरहेको सुस्त श्रवण स्रोत कक्षाबाट हालसम्म दुइजना विद्यार्थीले एसएलसी उत्तिर्ण गरिसकेका छन्। यस कक्षाबाट ८० जना विद्यार्थीले शिक्षा लिएर बाहिर गएका छन्। विद्यार्थीको संख्या वर्षेनी बढ्दै गइरहेको विद्यालयले जनाएको छ। शिक्षा विकास तथा सम्वन्य इकाइमार्फत प्राप्त प्रति विद्यार्थी वरावर चारहजार रुपैयाँले सवै खर्च धानिएको प्रधानाध्यापक पोखरेलले बताए। विद्यालयका अनुसार हाल नौजना छात्रा र २३ जना छात्र अध्ययनरत छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.