स्याङ्जामा पनि प्रहरी दिवस मनाइयाे

स्याङ्जामा पनि प्रहरी दिवस मनाइयाे

स्याङ्जा : ६३ औं प्रहरी दिवस स्याङ्जामा पनि मनाइयो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बिहीबार विभिन्न कार्यक्रमका साथ मनाएको हो ।

‘अपेक्षाा फलको छैन सधै कर्तब्य चिन्तन, आहुती प्राणको दिने तिमिमा अभिनन्दन’ नाराका साथ प्रहरी दिवस मनाइएको हो । दिवसको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले अत्याधुनिक प्रविधिसँगै प्रतिस्पर्धाका लागि सक्षम हुन जरुरी रहेको बताए ।

‘विज्ञान र प्रविधिको विकाससँगै नयाँ प्रकारका आपराधिक घटनामा पनि बृद्धि भएका छन्’ उनले भने ‘तर मुलुक निर्माणका लागि प्रहरी दवाव र प्रभावमा नपरी प्रहरी संगठन जनसेवामा क्रियाशिल रहनु पर्छ ।’

कार्यक्रममा पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, प्रहरी उपरीक्षक जयराज सापकोटा, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, प्रनाउ प्रकाश बिष्ट, सामुदायिक सेवा केन्द्र प्रगतीनगरका अध्यक्ष विश्वनाथ पौडेल, पूर्व कर्मचारी संगठनका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ लगायतले नागरिक समाजसँग प्रहरीले हातेमालो गर्दै समाजका घटनालाई निरुत्साहित बनाउनुपर्नेमा जोड दिए ।

यस्तै प्रहरी ऐन २०१२ जारी हुनुभन्दा पहिला २००८ सालमा प्रहरी सेवामा समर्पित भई ३२ वर्ष सेवा गरेका पूर्व प्रहरी नायब निरीक्षक पुतलीबजार नगरपालिका–५ पौवेगौडे निवासी रणबहादुर आलेलाई सम्मान गरियो । साथै सहिद प्रहरी परिवार तुलसीराम सुवेदी, धनप्रसाद सुवेदी, भोज बहादुर थापा, विष्णुबहादुर गोदार लगायतका पत्नीलाई पनि सम्मान गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.