कैदीबन्दीलाई २० किलोको खसी

कैदीबन्दीलाई २० किलोको खसी

स्याङ्जा ः लागु औषधका क्षेत्रमा क्रियाशिल संस्था रिचमण्ड फेलोसीपले मंगलबार कारागार शाखामा रहेका कैदी बन्दीलाई खसी प्रदान गरेको छ । नेपालीको महानपर्व नजिकिदै गर्दा फूलपातीको दिन पारेर फेलोसीपले स्याङ्जा सदरमुकाम रहेको कारागारका कैदी र थुनुवालाई २० किलोको खसी प्रदान गरेको हो ।

 रिचमण्ड फेलोसिपका अध्यक्ष विक्रान्तकुमार श्रेष्ठ ‘सुवर्ण’ ले जेलर दुर्गाप्रसाद चापागाईलाई खसी हस्तान्तरण गरेका हुन । कारागारभित्र दसैं मनाउन बाध्य थुनुवा तथा कैदीले खसी पाएपछि खुशी व्यक्त गरेका छन् । कारागारमा एक सय ३३ कैदी र थुनुवा छन् ।

ती मध्ये ७८ पुरुष, ५ महिला गरी ५३ कैदी र ४९ पुरुष, १ महिला गरी ५० थुनुवा रहेका हुन । कैदी तथा थुनुवाको आवश्यकता अनुसार रिचमण्डले अन्य सहयोग गर्ने अध्यक्ष श्रेष्ठले प्रतिवद्धता व्यक्त गरे । 

कारागारमा बलात्कार, हत्या, मानब बेचबिखन, लागुऔषध र चोरीका अभियोगमा पक्राउ परेका कैदी धेरै छन् । कारागार क्षमता भन्दा चौबर कैदीबन्दी राखिएका छन् । कारागारमा २५ पुरुष र १० कैदीबन्दीको क्षमताको हो । कारागारमा स्याङजा लगायत छिमेकी जिल्ला कास्की, पर्वत, तनहुँ, पाल्पा र गुल्मी लगायतका कैदीबन्दी रहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.