संघीय शासनबाट देश पछि हट्दैन : मुख्यमन्त्री गुरुङ

संघीय शासनबाट देश पछि हट्दैन : मुख्यमन्त्री गुरुङ

स्याङ्जा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले मुलुकमा संघीय शासन बदलेर अन्य कुनै शासन प्रणाली नआउने बताएका छन् ।

हरिनास गाउँपालिका–२ स्थित महिमा माध्यमिक विद्यालयमा आयोजित श्रीमद्भागवत धनधानाञ्चल महायज्ञको आइतबार उदघाटन गर्दै मुख्यमन्त्री गुरुङले मुलुक संघीय शासन प्रणालीमा अघि बढिसकेको बताउँदै अव पछि नहट्नेमा जोड दिए ।

सहर र गाउँ बीच विकासको खाडल र जातजाती र वर्गबीच बिभेद मेटाउन र समाजवादतर्फ जान पनि संघीयता आवश्यक रहेको मुख्यमन्त्री गुरुङको भनाइ थियो ।आमाको गर्भमा रहेका शिशुसँग यो व्यवस्थालाई तुलना गर्दै उनले भने, ‘केही बच्चा बिरामी जन्मन सक्छन्, त्यस्ता बच्चालाई असल र पोषणयुक्त हुर्काइले राम्रो बनाउन सकिन्छ ।’

साथै मन्त्री गुरुङले ००७ सालदेखि विदेशीसँग मागेरै चलेको देश अब मागेर नचल्ने बताए । यसका लागि उनले व्यवसायीलाई अवसर प्रदान गर्दै कर उठाउनुपर्नेमा जोड दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.