हृदयाघातका कारण कोरियामा नेपालीको मृत्यु
काठमाडौं : दक्षिण कोरियामा कार्यरत दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का आङ्कामी शेर्पाको हृदयाघातका कारण मृत्यु भएको छ।
हृदयघातका कारण अस्पताल भर्ना भएका ४३ वर्षीय शेर्पाको उपचारका क्रममा शुक्रबार निधन भएको दक्षिण कोरियामा रहेका पत्रकार प्रकाश पोखरेलले जानकारी दिए।
मृतक शेर्पा सन् २०१६ मा कोरिया प्रवेश गरी अवैधानिक बसोबास गर्दै आएका थिए। रासस
प्रतिक्रिया दिनुहोस !