अस्थायी शिक्षकको नतिजा तिहारअघि

अस्थायी शिक्षकको नतिजा तिहारअघि

काठमाडौं : अस्थायी शिक्षकको आन्तरिक परीक्षाको नतिजा तिहारअघि नै प्रकाशन थालिने भएको छ। धेरै विषय र तीन तहको नतिजा सार्वजनिक गर्नुपर्ने भएकाले तिहारअघि नै सबै नतिजा सार्वजनिक गर्न नसकिने शिक्षक सेवा आयोगले प्रस्ट्याएको छ।

आयोगले नतिजा प्रकाशनको आवश्यक तयारी गरिरहेको छ। तिहारअघि केही विषय र तहको नतिजा मात्र सार्वजनिक गर्ने आयोगको तयारी छ। तिहारपछि मात्र सबै नतिजा आउने आयोगका अध्यक्ष ताना गौतमले बताए। उत्तरपुस्तिका परीक्षण सकेर रुजु तथा पुनः परीक्षण भइरहेको छ। यही गतिमा काम भयो भने केही विषय र तहका परीक्षा तिहारअघि नै सार्वजनिक गर्न सकिने गौतमले जानकारी दिए।

अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउन असार २९ र ३० गते परीक्षा लिइएको थियो। परीक्षामा अस्थायी दरबन्दी कायम रहेको २२ हजार ७९ पदका लागि अस्थायी शिक्षकबीच प्रतिस्पर्धा भएको छ। शिक्षकका फरकफरक समूहले फरकफरक माग राख्दै आन्दोलन गरेकाले आयोगले पाँचाै पटकको प्रयासमा अस्थायी शिक्षकका लागि परीक्षा लिन सफलता पाएको थियो।

परीक्षामा प्रावितर्फ १६ हजार ५ सय ३२, निमावितर्फ ३ हजार २ सय ३४ र मावितर्फ २ हजार ३ सय १० पदमा प्रतिस्पर्धा भएको आयोगका प्रशासकीय अधिकृत सहसचिव डा.तुलसी थपलियाले जानकारी दिए। अहिले सार्वजनिक विद्यालयमा शिक्षकको दरबन्दी १ लाख ७ हजार छ, त्यसमध्ये करिब ७० हजार शिक्षक मात्र स्थायी र बाँकी अस्थायी दरबन्दीमा कार्यरत छन्। अस्थायी दरबन्दीमा कार्यरतलाई प्रक्रिया पुर्‍याएर स्थायी गरिनुपर्ने, सेवाको सुनिश्चितता गरिनुपर्नेलगायत माग राख्दै अस्थायी शिक्षकले आन्दोलन गरेका थिए।

यसबाहेक आयोगले खुला प्रतिस्पर्धाबाट १२ हजार ७ सय ३९ दरबन्दीमा शिक्षक नियुक्त गर्न असोज ११, १२ र १३ गते परीक्षा सञ्चालन गरिसकेको छ। त्यसमध्ये प्रावि, निमावि र मावि तहका लागि क्रमशः ९ हजार ९ सय ९६, १ हजार ६ सय ३५ र १ हजार १ सय ८ दरबन्दी छन्। उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन २०५५ को सुझावका आधारमा शिक्षा ऐनको छैटौं संशोधनपछि २०५६ सालमा आयोग स्थापना गरेर खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्त गर्न थालिएको हो।

आयोग स्थापनापछि हालसम्म तीन पटक मात्र खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्त गरिएको छ। यस्तो प्रतिस्पर्धाबाट १८ हजार ३९ जना शिक्षक मात्र नियुक्त भएका छन्। आयोग स्थापना हुनुअघि जिल्ला र क्षेत्रीय रूपमा शिक्षक नियुक्त हुन्थे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.