बल्ल आयो औषधि

बल्ल आयो औषधि

जाजरकोट : जाजरकोट अस्पतालको फार्मेसीमा औषधि आइपुगेको छ। अस्पतालको स्टोर र फार्मेसीमा अत्यावश्यक कुनै औषधि नहुँदा बिरामी निजी मेडिकलमा जान बाध्य थिए। जाजरकोटमा औषधि अभाव शीर्षक समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा मंगलबार प्रकाशन भएपछि औषधि आइपुगेको हो।

स्वास्थ्य बिमा गरेका स्थानीय नागरिक औषधि नपाएर हैरान थिए। फार्मेसीमा निजी मेडिकलको भन्दा सहुलियत दरमा औषधि बिक्री गर्ने गरिएको छ भने स्वास्थ्य बिमा गरेकालाई ५० हजारसम्म निःशुल्क औषधि दिने व्यवस्था गरिएको छ। १५ शड्ढयाको जिल्ला अस्पताललाई ५० शड्ढयाको जाजरकोट अस्पतालमा स्तरोन्नति गरिएपछि निःशुल्क वितरण गरिने औषधि सरकारले पठाउन छाडेको छ।

५० शड्ढयाको अस्पताल स्थानीय तहमातहत रहने कि प्रदेश सरकार वा संघीय सरकारमातहत रहने स्पष्ट नहुँदा कुनै पनि सरकारले औषधि तथा जनशक्ति आपूर्ति र पूर्वाधार विकासमा चासो नदिँदा अस्पताल अस्तव्यस्त भएको हो। ‘न औषधि पाइन्छ न विशेषज्ञ जनशक्ति नत पर्याप्त पूर्वाधार नै !’ नागरिक अगुवा राजेन्द्र विक्रम शाहले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.