ढिलासुस्ती गर्ने ठेकेदारसँग सम्झौता रद्द

ढिलासुस्ती गर्ने ठेकेदारसँग सम्झौता रद्द

बेनी : नेपाल विद्युत प्राधिकरणद्वारा म्याग्दीमा सञ्चालित रघुगंगा जलविद्युत आयोजनाको भवन निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारसँग सम्झौता रद्द भएको छ। अठार महिनामा सम्पन्न गर्ने सम्झौता भएको भवन आठ वर्षमा पनि निर्माण गर्न नसकेपछि सम्झौता रद्द गरिएको रघुगंगा हाइड्रो लिमिटेडले जनाएको छ।

भवन निर्माणको ठेक्का लिएको गोर्खा कस्ट्रक्सन एन्ड स्वच्छन्द जेभीसँग भएको सम्झौता शुक्रबार रद्द गरिएको रघुंगा हाइड्रोका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले जानकारी दिए। ‘पटक–पटक ताकेता र म्याद थप गर्दा पनि अपेक्षाकृत काम नभएपछि ठेक्का रद्द गरेका हांै’, पाण्डेले भने, ‘बाँकी काम सम्पन्न गर्न नयाँ प्रक्रियाअघि बढाएका छौ।’

रघुगंगाको भवन निर्माणमा भएको ढिलासुस्ती सम्बन्धी समाचार अन्नपूर्ण पोस्ट्मा गत महिना प्रकाशन भएको थियो। ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत आयोजनाको कार्यालय र कर्मचारी आवासका लागि रघुगंगा गाउँपालिका–३ पिप्लेमा अठार महिनामा १० वटा भवन बनाउन कम्पनीसँग विद्युत प्राधिकरणले ११ करोड १० लाख ६७ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

२०६७ कात्तिक ४ गते ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले हालसम्म चार वटा भवन बनाएर आयोजनाको प्रवद्र्धक प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोलाई बुझाए छ भने एउटा भवनको जग समेत हालेको छैन्। ठेकेदारको चरम ढिलासुस्ती र लापरबाहीले अन्य भवन अलपत्र अवस्थामा छन्। भवन निर्माण पूरा नहँुदै जीर्ण र थोत्रिन थालेपछि स्थानीयबासी, सरोकारवाला र जनप्रतिनिधिले दबाब दिएका थिए।

ठेकेदारले ढलान गरेर भवन ठड्याएर पनि पलास्टर, रङरोगन, विद्युत, खानेपानी जडान गर्न बाँकी छ। भवन निर्माण नहुँदा कम्पनीले कार्यालय र कर्मचारी आवासका लागि मसिक ठुलो रकम घरभाडामा खर्चनु परेको छ। ठेकेदारले करिब असी प्रतिशत मात्रै काम गरेको कम्पनीले जनाएको छ। दुई वटा कम्पनीले संयुक्त रुपमा काम गर्ने सम्झौता गरे पनि उनीहरुबीच वित्तीय समस्या र आन्तरीक द्वन्द्वले भवनको काम प्रभावित बनेको कर्मचारीको भनाइ छ।

रघुगंगा जलविद्युत आयोजनाको सिभिल ठेकेदार जेपी एसोसिएट्सले नक्साङकन (डिजाइन)को काम सकेर बाँध, सुरुङ सम्म पुग्ने सडक निर्माण र व्यवस्थापकीय काम समेत पुरा गरेको छ। २०७४ मंसिर ५ गते ६ अर्ब रुपैयाँमा सम्झौता भएको सिभिल निर्माणको काम ३९ महिनामा सम्पन्न गर्ने लक्ष्य छ। रघुगंगा गाउँपालिकाको झिँ र दग्नामको सिमानामा बाँध र पिप्लेको तिल्केनीचौरमा विद्युतगृह प्रस्ताव गरिएको रघुगंगा जलविद्युत आयोजना भारतीय एक्जिम बैंकको ४४ मिलियन डलर सहुलियत व्याज दरको ऋणमा निर्माण गर्न लागिएको हो।

यसअघि छनोट भएको भारतको आइभीआरसीएल प्रोजेक्ट्स लिमिटेड कमजोर आर्थिक अवस्थाका कारण टाट पल्टिएपछि चार वर्षमा दश प्रतिशत पनि काम नगरी अधकल्चो बनाएको थियो। पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियाबाट अघि बढाइएको आयोजनामा विगत नदोहोरिओस भन्ने सरोकारवालाको अपेक्षा छ। म्याग्दीको जलविद्युत विकासको मेरुदण्ड मानिएको रघुगंगालाई सहज रुपमा समयमै सम्पन्न गराउनुपर्ने जिल्लाबासीले माग गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.