गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल : ६ महिनामा जहाज उड्ने

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल : ६ महिनामा जहाज उड्ने

भैरहवा : निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) कालोपत्रे गर्ने कार्य सुरु भएको छ । अगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित धावनमार्गको कालोपत्रे कार्य सुरु भएको हो।  धावनमार्गको दूरी ३ किलोमिटरको रहेको छ । धावनमार्गमा अब कालोपत्रे र लाइटिङ्गको काम मात्र बाँकी छ ।

‘धावनमार्गको काम सम्पन्न गर्नका लागि सरकारले दिएको समय ६ महिना हो’ विमानस्थलको निरीक्षण गर्दै पर्यटन मन्त्री रविन्द्र अधिकारीले भने ‘तर उहाँहरुले (ठेकेदार) ४ महिना सम्पन्न गर्छौ भन्नुभएको छ’ यस्तो भएमा ठेकेदारलाई सरकारले सम्माने गर्ने मन्त्री अधिकारीले बताए ।  

ठेकेदारका प्रतिनिधीले मन्त्री अधिकारीसमक्ष धावनमार्ग निर्माणका लागि ८० प्रतिशत नदीजन्य पादर्थलगायत अन्य साम्रगी भण्डारण गरेकाले समयअवधी अघि नै सम्पन्न गर्ने प्रतिवद्धता जनाए । 

उनले जाडोयाममा मौसमले साथ नदिए मात्र केही समस्या उत्पन्न हुने सम्भावना रहेको मन्त्रीलाई बिफ्रिङ्ग गरे । घाम नलागेको अवस्थामा कालोपत्रे गर्न मिल्दैन । विमानस्थलको मुख्य चुनौतीपूर्ण कार्य धावनमार्ग हो ।

रनवे सम्पन्न भएलग्त्तै आन्तरिक उडानहरु पनि नयाँ रनवेबाट हुनेछ र हाल संचालनमा रहेको रनवे ट्याक्सीवेमा परिणत हुन्छ । सञ्चालनमा रहेको रनवेलाई पूर्वतर्फ २ सय मिटर र पश्चिमतर्फ २ सय मिटर बढाएर त्यसलाई ट्याक्सीवेको रुपमा प्रयोग गरिने बताइएको छ । ट्याक्सीवेको कुल लम्बाई १ हजार ९ सय मिटर हुनेछ । त्यस्तै यस धावनमार्गसँग त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कार्य पनि जोडिएको छ। 

काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत गर्ने अवस्थामा पुगेको छ । जसका लागि भैरहवा विमानस्थलको धावनमार्ग चाडै नै सम्पन्न गर्न आवश्यक छ। भैरहवा विमानस्थलको धावनमार्ग सम्पन्न भएलगतै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गका मर्मत कार्य सुचारु हुने मन्त्री अधिकारीले जानकारी दिए । उनका अनुसार मर्मत कार्यका लागि ठेकेदार पक्षसगँ सम्झौता गर्न मात्र बाँकी रहेको छ । वर्षा अघि नै मर्मत कार्य सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको छ ।

धावनमार्गमा कालोपत्रे हाल्दै मन्त्री अधिकारी र प्रदेससभा सदस्य सन्तोष पाण्डेय र परीक्षणका लागि बनाइएको धावनमार्गबारे जानकारी लिदै मन्त्री । तस्बिर : सलमान खान

भैरहवा विमानस्थलमा भविष्यमा हुने यात्रुको चापलाई मध्यनजर गर्दै थप एउटा टर्मिनल भवन र १० वटा विमान पार्किङ्ग गर्न मिल्ने थप एउटा पार्किङ्गस्थल निर्माण गर्ने प्रक्रियामा रहेको मन्त्री अधिकारीले जानकारी दिए । अहिले एउटा अन्तराष्ट्रिय ट्रर्मिनल भवन र ६ वटा विमान पार्किङ्ग गर्न मिल्ने पार्किङ्ग स्थल निर्माण भएको छ ।

अहिले जुन–जुन एयरलाइन्सँग हाम्रो सम्झौता भइरहेको छ त्यसमा हामीले गौतम बुद्ध विमानस्थललाई समावेश गरिरहेकाछौँ मन्त्री अधिकारीले भने ‘यस विमानस्थलबाट उडान भर्नका लागि धेरै एयरलाइन्सहरु इच्छुक छन्, अपरेसनमा पश्चात विभिन्न मुलुकको एयरलाइन्सहरु यहाँबाट उडान अवतरण सुरु गर्नेछन् ।’

उनले विमानस्थलको सबै काम समानन्तर रुपमा भइरहेकोले २०१९ को अगस्त महिनामा विमानस्थल अपरेशनमा आउने दाबी गरे । 

 हालसम्म विमानस्थल निर्माणको ५५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको विमानस्थल आयोजनाका निमित्त प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले जानकारी दिए । उनले विमानस्थलको अप्ठ्यारा मध्येका कामहरु सम्पन्न हुने अवस्थामा रहेकाले सन् २०१९ भित्रै विमानस्थल अपरेशनका लागि तयार हुने बताए ।

 हवाई रुटको लागि पनि कुनै समस्या नरहेको मन्त्री अधिकारीको भनाइ छ । सरकारले भारतसँग नेपालगञ्ज, महेन्द्रनगर, जनकपुर र विराटनगरका लागि हवाई रुटको उच्चस्तरीय सम्झौता गरेको छ । यी मध्ये भारतले महेन्द्रनगर र नेपालगञ्जको हवाई रुटका लागि सुरक्षाको कारण देखाउँदै भैरहवाको हवाई रुटको सम्झौता गर्न प्रस्ताव गरेकोले भैरहवा विमानस्थलका लागि हवाई रुटको समस्या नरहेको स्पष्ट पारे ।

‘उहाँहरुले (भारत) महेन्द्रनगर र नेपालगञ्जको स्थानमा भैरहवा विमानस्थलको हवाई रुट लिनुस भन्नुभएको छ , यस विषयमा उच्चस्तीय वार्ता जारी छ‘  मन्त्री अधिकारीले भने ‘विमानस्थल अपरेशनमा आएपछि हवाई रुटका लागि एक मिनेट पनि ढिलाइ हँुदैन ।’

विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा मध्ये तत्कालको लागि ४ अर्ब निकासा भएको र यस वर्ष ९ अर्ब वितरण हुने मन्त्री अधिकारीले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.