बाख्रा चराउन गएकी १५ वर्षीया किशोरीको शव झुण्डिएको अवस्थामा फेला

बाख्रा चराउन गएकी १५ वर्षीया किशोरीको शव झुण्डिएको अवस्थामा फेला

गुलरिया : बाख्रा चराउन वन गएका बेला हराएकी बालिकाको शव झुण्डिएको अवस्थामा भेटिएको छ। राजापुर नगरपालिका - ४ की १५ वर्षीया प्रमिला चौधरीको शव स्थानीय सामुदायिक वनमा झुण्डिएको अवस्थामा फेला परेको हो।

बाख्रा चराउन राजापुरस्थित संघर्षनगरको सामुदायिक वनमा गएकी किशोरीका आइतबार हराएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए।उनका अनुसार बालिकाको शव सोमबार रुखको हाँगामा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको हो।

किशोरी स्थानीय विद्यालयमा कक्षा ८ मा अध्ययनरत पढ्दै थिइन्। घटना स्थलको प्रकृति मुचुल्कापश्चात किशोरीको शव पोष्टमार्टमका लागि अस्पताल पुर्‍याइएको छ। रिपोर्ट  आएपछि घटनाको वास्तविकता पत्ता लाग्ने उपरीक्षक भारतीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.