कैलालीकी राधालाई कुटेकै झल्को : स्याङ्जामा कुटिइन् अर्की युवती

कैलालीकी राधालाई कुटेकै झल्को : स्याङ्जामा कुटिइन् अर्की युवती

स्याङ्जा : वालिङ्मा एक युवतीलाई उपचार गर्ने निहुँमा पुजारीले निर्घात कुटपिट गर्दै दुर्व्यवहार गरेका छन्। 

वालिङ नगरपालिका १४ डाडाँखर्क निवासी २१ वर्षीया खगीसरा कुवँरलाई आफूलाई झाक्री बताउने रामबहादुर थापा (रितबहादुर) ले कुटपिट गरेका हुन्।
 

कोजाग्रत पूर्णिमाका दिन भीरकोट ५ स्थित स्वरेक कालिका मन्दिरमा थापाले बिरामी भएकी २१ वर्षीया कुवँरलाई अभद्र व्यवहार गर्दै कुटपिट गरेका हुन। 

सार्वजनिक स्थलमा दिउँसै ती युवतीमाथि अभद्र व्यवहार हुँदा पनि उनका आफन्त र स्थानीय मुकदर्शक बनेर हेरिरहेका थिए।  कालिका मन्दिरका पुजारी समेत रहेका थापाको खोजीकार्य भैरहेको वालिङ्का प्रहरी निरीक्षक शंकर आचार्यले जानकारी दिए। 

‘युवतीलाई वनदेवी लागेको भन्दै पुजारी नै झाँक्री बन्दै वनदेवी पन्छाउनका लागि कुटपीट गरे’, प्रहरी निरीक्षक आचार्यले भने, ‘युवतीलाई उपचार गर्ने भन्दै उनका आफन्तले नै मन्दिरमा पुर्‍याएको जानकारी आएको छ।’

यसअघि कैलालीकी १८ वर्षीया राधा चौधरीमाथि निर्घात कुटपिट भएको भिडियो सार्वजनिक भएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.