असारसम्म सक्ने गरी नेपालगञ्ज विमानस्थलको स्तरोन्नति थालियो
नेपालगञ्ज : आउँदो असारसम्म सक्ने गरी नेपालगञ्ज विमानस्थलको स्तरोन्नति थालिएको छ। बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले स्तरोन्नतिको शिलान्यास गरेका हुन्।
विमानस्थल स्तरोन्नतिपछि नेपालगञ्ज - दिल्ली उडान सुरु हुने मन्त्री अधिकारीले जानकारी दिए। बुद्ध एअरले नेपालगञ्ज दिल्ली उडानको अनुमति पाइसकेको छ।
स्तरोन्नति अन्तर्गत पार्किङ र धावन मार्ग विस्तारको काम हुनेछ। स्तरोन्नतिपछि ६ वटा एटीआर ७२ जहाज पार्किङ गर्न सकिनेछ।