निर्मला हत्याको सय दिन : शव भेटिएकै ठाउँमा दीप प्रज्ज्वलन

निर्मला हत्याको सय दिन : शव भेटिएकै ठाउँमा दीप प्रज्ज्वलन

 महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको एक सय दिन पुगेको दिन उनको शव भेटिएकै स्थानमा दीप बालिएको छ । 

निर्मलाका बुवाआमा र परिवारका सदस्यसहितका अधिकारकर्मीको सहभागितामा दीप प्रज्जवलन गरिएको हो । बालिका पन्तको शव भेटिएको स्थान भीमदत्त नगरपालिका २ र १८ को सीमास्थित निम्बुखेडा खोलानजिकै शुक्रबार साँझ दीप प्रज्जवलन गरिएको हो । एक सय दिन बितिसक्दासमेत सरकारले हत्यारा समात्न सकेको छैन । 

बालिका पन्तको सम्झनामा सहभागीहरुले घटनास्थल भनिएको स्थाननजिकै दीप बालेका हुन् । शुक्रबार नै महेन्द्रनगरस्थित मदन चोकमासमेत दीप प्रज्जवलन गरिएको छ । 

‘निर्मलाको बलात्कारपछि हत्या भएको एक सय दिन बितिसकेको छ, अझै हत्यारा फेला परेका छैनन्,’ नागरिक संघर्ष समितिका संयोजक मीना भण्डारीले भनिन्, ‘एकसय दिन पुगेकाले उनको स्मृतिमा दीप प्रज्जवलन गरिएको हो ।’

दीप प्रज्जवलन कार्यक्रममा निर्मलाका बुवा यज्ञराज, आमा दुर्गादेवीसहित उनका परिवारका सदस्य र न्यायका लागि आन्दोलनमा सहभागी भएकाहरु उपस्थित थिए । 

सबैले एक सय दिन बितिसक्दासमेत हत्यारा पत्ता नलागेको भन्दै सरकारलाई यथासक्य चाँडो हत्यारा सार्वजनिक गर्न माग गरे । 

निर्मला हत्याकाण्डको सय दिन पुगेपछि उनको आत्माको चिरशान्तिका लागि नेपाल महिला संघ कन्चनपुरले उनको हत्यापछि शव भेटिएको स्थान उखुबारीमा र पीडित परिवारले महेन्द्रनगरको मदन चोकमा मैनबत्ति बालेर श्रद्वाञ्जली दिएका हुन् । सयौंको संख्यामा दीप प्रज्जवलन कार्यक्रममा सहभागिता थियो । 

साउन १० गते बलात्कारपछि भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको थियो । उनको शव साउन ११ गते निम्बुखेडा खोला नजिकै उखुबारीमा फेला परेको थियो । उनको हत्या भएको सय दिन बितिसक्दासमेत हत्यारा पक्राउ पर्न सकेका छैनन् । 

एकसय दिनसम्म प्रहरीको अनुसन्धान उपलब्धिविहीन छ । प्रहरीले हत्याराबारे अहिलेसम्म ठोस प्रमाण जुटाउन सकेको छैन । प्रहरी प्रधान कार्यालयबाट खटिएको प्रहरी टोली, केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालयको टोली अझै पनि अनुसन्धानमा खटिएको छ । 
 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.