बलात्कारका फरार प्रतिवादी पक्राउ

बलात्कारका फरार प्रतिवादी पक्राउ

गुलरिया : जिल्ला अदालत बर्दियाको फैसला आदेशले ७ वर्ष ६ महिना २५ दिन कैद सजाय तोकिएका जवरजस्ती करणी र चोरी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयको टोलीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका पुष्पलालचोकमा हिडिरहेको अवस्थामा  फरार अभियुक्त राजकुमार भनिने भोलाराम थारुलाई पक्राउ गरेको हो    । 

बर्दिया जिल्ला अदालतले थारुलाई २०६८ असार ९ गतेको फैसला आदेशले कैद सजाय तोकेको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए।  

वारदात मिति देखिनै फरार रही पक्राउ परेका थारुलाई आवस्यक कारबाहीका लागि बर्दिया जिल्ला अदालत पेश गरिएको  र अदालतको आदेशले कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिए।  उनको कैद सजाय भुक्तानको म्याद २ महिना २१ दिन मात्र बाँकी छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.