बलात्कृत बालिकाकाे उपचार क्रममा मृत्यु

बलात्कृत बालिकाकाे उपचार क्रममा मृत्यु

नेपालगन्ज : बाबुबाट यौन दुर्व्यवहार गरिएकी १० वर्षीया बालिकाको उपचार क्रममा मृत्यु भएको छ। कात्तिक १२ गते बेहोस अवस्थामा भेटिएकी बालिकालाई नेपालगन्ज मेडिकल कलेजको आईसीयूमा भर्ना गरिएको थियो। उपचारकै क्रममा नेपालगन्ज उपमहानगर–२१ पुरैनाकी उनको निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। कडा सुरक्षा घेराबीच शुक्रबार मुस्लिम परम्पराअनुसार उनको अन्तिम संस्कार गरिएको थियो।

अस्पतालमा उपचार गर्न आउँदा बालिका बेहोस अवस्थामा रहेको नेपालगन्ज मेडिकल कलेजका डा.सकिल अहमदले बताए। बालिकाको मृत्युपछि उनकी आमाले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी छन्। जाहेरीमा कातिक ३, ४ र ५ गते बालिकामाथि बाबुले यौन दुर्व्यवहार गरेको उल्लेख छ। जाहेरीमा ‘तेल लगाउने बहानामा स्तन समाउने, योनिमा औंला पसाएर यौन दुर्व्यवहार गरेको’ उल्लेख छ। पोलियो रोगले अपांगता भएकी बालिकालाई तेल लगाउने गरिएको थियो।

तेल लगाउने बहानामा यौन अंग चलाउने गरेको किटानीसहित जाहेरी परेकाले अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले जानकारी दिए। जाहेरीमा बाल यौन दुराचार÷हाडनाता करणी उल्लेख छ। अनुसन्धानकै क्रममा बालिकाको मृत्यु भएपछि घटनाले नयाँ मोड लिएको छ। ‘पोस्टमार्टम रिपोर्ट कस्तो आउँछ, त्यहीअनुसार मुद्दा प्रक्रिया अगाडि बढ्छ’, एसपी पौडेलले भने।

आरोपी बाबुलार्ई जाहेरी परेकै दिन प्रहरीले नियन्त्रणमा लिएको छ। उनी जिप्रकाको हिरासतमा छन्। जिल्ला अदालत बाँकेबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ। प्रहरीमा जाहेरी दिएपछि बाबु पक्षकाले मृतककी आमालाई दुर्व्यवहार गर्न थालेपछि सुरक्षा दिन साथी संस्थाको सेल्टरमा राखिएकी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.