नेजा र अमेरिकी जनप्रतिनिधिबीच न्यूयोर्कमा अन्तरक्रिया

नेजा र अमेरिकी जनप्रतिनिधिबीच न्यूयोर्कमा अन्तरक्रिया

न्यूयोर्क : नेपाली समुदायले अमेरिकामा छोटो अवधिमासमेत उल्लेखनीय उपस्थिति जनाउन सकेकोमा अमेरिकी जनप्रतिनिधिले प्रशंसा गरेका छन् । 

अमेरिकामा नेपाली समुदायको विकासको इतिहास लामो नभए पनि पछिल्ला केही वर्षयता धेरै क्षेत्रमा नेपालीले उपलब्धि गरिरहेको भन्दै अमेरिकाका जनप्रतिनिधिले त्यसको प्रशंसा गरेका हुन् ।   

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले शुक्रबार न्यूयोर्कमा गरेको 'अमेरिकामा दक्षिण एसियाली समुदायको अवसर र चुनौती' अन्तरक्रियाका सहभागी अमेरिकी सरकारका विभिन्न अंगका जनप्रतिनिधिले आप्रवासीका लागि अवसरको देश अमेरिकामा नेपाली समुदायलेसमेत लाभ लिन सक्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा बोल्दै न्यूयोर्क सिटी काउन्सिलका सदस्य रोरी ल्यान्सम्यानले अन्य आप्रवासीहरुको तुलनामा नेपाली समुदायले छोटो समयमै लोभलाग्दो प्रगति गरेको भन्दैं प्रशंसा गरे  ।

उनले नेपाली समुदायले सदैव इमान्दारिता र लगनशीलताको परिचय बनाएको बताउँदै त्यसलाई जोगाएर भविष्यमा धेरै उपलब्धी हासिल गर्न सक्ने दिशामा नेपाली समुदाय अगाडि बढ्नेमा आफु विश्वस्त रहेको जनाए ।  

अर्का काउन्सिल सदस्य कोष्टा कन्सटेन्टिनीडेसले अमेरिका सबैको निम्ति अवसरको भूमि भएको बताउँदै एक आप्रवासिको रुपमा आफ्ना पुर्खाहरुले गरेको संघर्ष सुनाउँदै समय लागे पनि अमेरिकामा सबैंले अवसरको उपयोग गर्न सक्ने बताए ।  
उनले नेपाली र समग्र दक्षिण एसियाली समुदायले भाषिक र सांस्कृतिक चुनौतीहरुका बावजुत प्रशस्त सफलताका कथाहरु कोर्न सफल भएको बताए । 

'यहाँ अवसरहरु यत्रतत्र छन्, तर हामीले चुनौती मात्र देख्ने हो भने केही गर्न सक्दैनौ', उनले भने ।  कोष्टाले आफ्नो चुनावी क्षेत्र, डिष्ट्रिक २२ मा एक सय १९ भाषाभाषीहरु रहेको जानकारी दिँदै भने, 'यो अमेरिकामै सबैभन्दा धेरै विविधतायुक्त डिष्ट्रिक हो ।'

कोष्टाले नेपाली सामुदायिक भवन निर्माण अभियानमा आफुले सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता जनाए । 

ज्याक्सन हाइट्सको बेम्बो हाउस एण्ड बारको सभाहलमा सम्पन्न कार्यक्रममा एनआरएनए अमेरिकाका महासचिव बाबुराम लामाले नेपाली समुदायले अमेरिकन मुलधारमा आफ्नो पहिचान स्थापित गर्न संघर्ष गरिरहेको उल्लेख गर्दै फरक भाषा र संस्कृतिका कारण धेरै चुनौती व्यहोर्नु परेको बताए । 

उनले स्थानीय प्रशासन र सामाजिक संयन्त्रमा पहुँच कमजोर हुँदा धेरै अवसरबाट बन्चित हुनुपरेको बताए । क्विन्स कम्युनिटी बोर्ड सदस्य तथा हिमालयन डेमोक्रेटिक क्लबका अध्यक्ष मोहन ज्ञवालीले स्थानीय राजनीतिक गतिविधि र सामाजीक कार्यक्रमहरुमा सक्रिय सहभागी नभएसम्म समुदायका सरोकार सम्बन्धित निकायमा पुग्नै नसक्ने बताए । 

उनले राजनीतिक सहभागीतामा विशेष जोड दिँदै यसले हाम्रो समस्या र सरोकार बारे यहाको अमेरिकी समुदायले समेत जान्ने मौका पाउने जनाए । 
अर्का कम्युनीटि बोर्ड सदस्य नवराज केसीले सामुदायिक एकता नै अवसरको पहिलो शर्त भएको बताए । 

कार्यक्रममा अर्का सहभागी, बंगाली समुदायका अगुवा जोय चौधरीले ट्याक्सी चालकदेखि अमेरिकन आर्मी भेट्रान्ससम्मको आफ्नो कथा सुनाएका थिए । नेपाल विद्यार्थी संघ अमेरिकाका अध्यक्ष प्रभात सापकोटाले नेपाली विद्यार्थीहरुले भोग्नु परेका विबिध समस्याहरुका बारे प्रकाश पारेका थिए । 

त्यस अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूयोर्क च्याप्टर सभापति रामहरि अधिकारीले नेपाली मौलिक पहिचान स्थापित गर्न एनआएनएले गरेका प्रयासबारे जानकारी दिए । 

नेजाका महासचिव किरण मरहठ्ठाले सहजीकरण गरेको कार्यक्रममा सहभागीका जिज्ञासाको सिटी काउन्सिल सदस्य रोरी र कोष्टाले सहभागीहरुले जवाफ  दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.