प्याराग्लाइडिङ विश्वकप सम्पन्न, उपाधिमा कोरियाको वर्चस्व

प्याराग्लाइडिङ विश्वकप सम्पन्न, उपाधिमा कोरियाको वर्चस्व

स्याङजा : स्याङ्जामा देशकै पहिलो पटक भएको विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताको एकल पुरुष, महिला र समुहगत तीनैतर्फ कोरियाका खेलाडी विजयी बने ।

एकल पुरुषतर्फ कोरियाका स्याङगुई लीम प्रथम भए भने दोश्रो र तेस्रो उपाधि पनि कोरियाकै जिहुन यू र कीम की हेयोनले जिते । महिलातर्फ दक्षिण कोरियाकी हेयुन हि किम पहिलो, दोस्रोमा पनि कोरियाकै इउन इयोङ चो र तेस्रो उपाधि इन्डोनेसियाकी गीता रेज्की गुन्टारीले जितिन् ।

नेपाली खेलाडी सविता तामाङ भने छैटौं स्थानमा आउन सफल भइन् । यस्तै समुहगत खेलमा कोरियाकै गिनग्लाइडरले प्रथम, कोरियाकै दभिन्गीले दोस्रो स्थान र आयोजक नेपालले तेस्रो स्थानमा चित्त बुझाएको छ ।

एकल प्रतिस्पर्धामा प्रथम हुनेले एक हजार युरो, द्धितीयले ७ सय ५० युरो र तृतियले ५ सय युरोसहित स्वर्ण पदक, मेडल सहित प्रमाणपत्र पाएका छन् । समूहगत प्रथम हुनेले एक हजार ५ सय, एक हजार २ सय द्धितिय र तृतियले ७ सय युरो सहित मेडल, प्रमाणपत्र र स्वर्ण पदक पाए ।

साहसिक हवाई खेलखुदको गन्तब्य स्याङ्जालाई विश्वभर परिचित गराई नेपाल भ्रमण वर्ष २०२० मा हवाई साहसिक पर्यटकको संख्यामा वृद्धि उदेश्यले प्रतियोगिता आयोजना गरिएको साहसिक खेलाडी एवं बाबु एडभेन्चर क्लबका निर्देशक सानुबाबु सुनुवारले जानकारी दिए ।

चार दिने प्रतियोगितामा नेपाल लगायत कोरिया, भारत, थइल्याण्ड, इन्डोनेसिया, जर्मनी, पाकिस्तान, मलेसिया, मंगोलिया, साउदी अरेबिया र सोल्भानिया लगायत १३ देशका ७० जना प्याराग्लाइडिङमा अनुभव हासिल गरेका खेलाडी सहभागी थिए ।

प्याराग्लाइडिङ एक्युरिसी विश्वकपमा एफएआईका प्रमुख जोनाडिक उल्गेसाले प्रमुख निर्णायक थिए भने इन्डोनोसियाका माकुर एफान्डी र मीट डाइरेक्टरमा इन्डोनेसीयाका टोनी सुसान्टो सहितको सहभागिता थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.