घाँटी हल्लिएको उपचारमा थाइल्यान्ड गएका मुख्यमन्त्री पुगे न्यूयोर्क

घाँटी हल्लिएको उपचारमा थाइल्यान्ड गएका मुख्यमन्त्री पुगे न्यूयोर्क

काठमाडौँ : घाँटी हल्लिने समस्याको उपचारका लागि भन्दै थाइल्यान्डको बैंकका उडेका प्रदेश नम्बर १ मुख्यमन्त्री शेरधन राई अमेरिकाको न्यूर्योक पुगेका छन् । 

बैंकका गरिएको स्वास्थ्य जाँचका क्रममा चिकित्सकहरुले स्वास्थ्यमा कुनै समस्या नरहेको बताएपछि मु्ख्यमन्त्री राई व्यक्तिगत भ्रमणका लागि भन्दै न्यूर्योक पुगेका हुन् । 

प्रदेश १ को नाम र राजधानीको टुंगो लाग्न नसकेपछि त्यसलाई संसदको हिउँदे अधिवेशनसम्म धकेलेर मुख्यमन्त्री राई विदेश भ्रमणमा निस्किएका हुन् । न्यूर्योक पुग्नुअघि उनी जर्मनी पुगेको तस्बिर पनि सार्वजनिक भएको थियो । 

न्यूर्योक पुगेर मुख्यमन्त्री राईले त्यहाँका गैरआवासीय नेपालीलाई नेपालको विकासको लागि देशविदेका सबै नेपाली जुटनुपर्ने बताएका छन् । थाइल्यान्डमा छोटो समयमै स्वास्थ्य जाँ भएकाले बाँकी रहेको समय सदुपयोग गर्न मुख्यमन्त्री रार्इ न्यूयोर्कतिर लागेका हुन् । 

थाइल्याण्ड हुँदै अमेरिका पुगेका मुख्य मन्त्री राईले प्रवासी नेपाली मञ्च र आदिवासी जनजाति महासंघले गरेको कार्यक्रममा बोल्दै देश विकासमा सबैको भूमिका खोजेका हुन् । 

मुख्यमन्त्री राईले अमेरिकाबासी नेपालीसँग प्रदेश १ को राजधानी र नामबारे कुरा राख्न समेत भ्याए । प्रदेश सात, ६ र चारले नामाकरण र राजधानीको टुंगो लगाइसकेको अवस्थामा प्रदेश १ अनिर्णयको बन्दी भइरहेका बेला मुख्यमन्त्री राई अमेरिकाबासी गैरनेपाली र गैरआवासीय नेपालीसँग नाम र राजधानीबारेको तनाव पनि सुनाउन भ्याए । 

‘‘सबै विशेषताले भरिएको नेपालको प्रदेश नम्बर १ लाई सगरमाथा वा किरात राख्नेबारे जनताकै सुझावको आशा गरेका छौँ’, न्युयोर्कको सत्यनारायण मन्दिरमा आयोजित कार्यक्रममा मुख्य मन्त्री रार्इले अझै पनि नाम र राजधानी राख्ने स्थानको टुंगो नभएको भन्दै आफ्नो कुरा सुनाए । 

मुख्यमन्त्री राई न्युयोर्कको कार्यक्रममा भाग लिएपछि बाल्टिमोर हुँदै नायागारफल्सतिर  गएका छन् । उनको साथमा निकट सहयोगी पारूहाङ रार्इ पनि रहेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.