पानीबिनाको दमकल आगो निभाउन पुगेपछि...

पानीबिनाको दमकल आगो निभाउन पुगेपछि...

बैतडी : बैतडीको पाटन नगरपालिका ४ बस्ती जोलाबाँजमा आगलागी हुँदा करिब ७० हजार रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीय शेरसिंह महराको खरको थुप्रो र परालमा आइतबार बिहान आगो लागेको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ।

आइतबार बिहान साढे चार बजे आगलागीबारे थाहा पाएपछि परिवारले प्रहरीलाई खबर गरेको र त्यसपछि घटनास्थलमा टोली खटिएको इलाका प्रहरी कार्यालय पाटन बैतडीका इन्चार्ज प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए। आगलागी भएको खबर पाउने बित्तिकै पाटन नगरपालिकाको दमकल घटनास्थलमा पुर्‍याएको भएपनि दमकलमा पानी नभएका कारण फेरि फर्केर पानी भरेर दमकल ल्याइएको उनले बताए।

स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए। गाईवस्तुका लागि हिउँदमा खुवाउन जमा गरेको पराल र खर आगलागिबाट जलेर नष्ट भएको हो।

आगलागीस्थलमा पुगिसकेको दमकलमा पानी नभएका कारण समयमै आगो नियन्त्रणमा आउन नसकेकाले बढी क्षति भएको प्रहरीले जनाएको छ। दमकल पानी नहुनुले बढी क्षति भएको भन्दै स्थानीयहरुले पनि असन्तुष्टि जनाएका छन्।

‘दमकलमा पानी भएको भए धेरै क्षति हुने थिएन। केही खर र पराल जोगाउन सकिन्थ्यो। बिहान चालकलाई हामीले नै बोलाएर ल्याएका हौं’, प्रहरी निरीक्षक सिंहले भने, ‘दमकलमा पानी नभएको कुरा घटनास्थल पुगेर मात्रै थाहा भयो। पछि फर्केर जाँदा पानी लिएर आउँदा ढिलो भयो।’

दमकलका चालक विनोद केसीले  भने दमकलको पम्पले पानी नफालेका कारण समस्या भएको दावी गरे। पम्पले पानी नफालेपछि पुनः खोलाबाट पानी थपेर आगो निभाएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.