वालिङमा सहरी स्वास्थ्य केन्द्र सुरु
![वालिङमा सहरी स्वास्थ्य केन्द्र सुरु](https://annapurnapost.prixacdn.net/media/albums/healthwaling_20181114131608_lzkeGcd5hF.jpg)
स्याङ्जा : नगरबासीलाई आधारभूत स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले वालिङ नगरपालिकाले सहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ ।
स्वास्थ्य अभियान अनुरुप बुधबारदेखि वडा नम्बर १ खहरेमा सहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको हो । केन्द्रको शुभारम्भ गर्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले सामान्य स्वास्थ्य परीक्षणका लागि बाहिर जानु पर्ने वाध्यतालाई हटाउँदै केन्द्रमा आउने सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गरे ।
‘नगरपालिकामा अस्पताल निर्माणका लागि प्रक्रिया सुरु भएको छ,’ प्रमुख खाँणले भने ‘तर, तत्काल सहरी स्वास्थ्य केन्द्रका लागि आवश्यक पर्ने औषधि तथा उपकरणहरु उपलब्ध गराउनेछु ।’
साथै उनले जिर्ण अवस्थामा रहेको आयुर्वेद केन्द्र भवन मर्मत गरी उपचार पद्धतिलाई अझै विस्तार गर्दै लैजाने प्रतिवद्धता जनाए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदी, वडा अध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्ले, रणवीर जनहित माविका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मी, समाजसेवी ऋषिराम काफ्ले, हुमबहादुर राना, सोमबहादुर गुरुङ, जनस्वास्थ्य अधिकृत भवानीप्रसाद ढुंगाना, जनस्वास्थ्यका मणिप्रसाद पंगेनीले आफ्नै वडामा संचालित सहरी स्वास्थ्य केन्द्रबाट धेरैभन्दा धेरै सेवा लिनु पर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)