ग्रेडिङले निःशुल्क एमबीबीएस पढ्ने विद्यार्थी छनोटमा समस्या

ग्रेडिङले निःशुल्क एमबीबीएस पढ्ने विद्यार्थी छनोटमा समस्या

काठमाडौं : विद्यार्थीले कक्षा १२ मा पाएको अंक छुट्याउन नसक्दा सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्ने विद्यार्थी चयनमा समस्या उत्पन्न भएको छ। कक्षा १२ मा लेटर ग्रेडिङ लागू भएपछि उत्तीर्ण र लागू हुनुअघिको पूर्णांकअनुसारको परीक्षा उत्तीर्ण भएका दुई थरी विद्यार्थी एमबीबीएसको प्रवेश परीक्षामा सहभागी भएपछि यस्तो समस्या आएको हो। विद्यार्थी छनोटमै समस्या भएपछि उनीहरूको भर्ना प्रक्रिया तथा पढाइसमेत प्रभावित भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले यसै वर्षदेखि पहिलो पटक कक्षा १२ को परीक्षा लेटर ग्रेडिङ प्रणालीमा प्रकाशन गरेको थियो। दुवैथरी विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएर समान अंक ल्याएपछि उनीहरूमध्ये कक्षा १२ मा कसको अंक बढी हो, पहिल्याउन मन्त्रालयलाई कठिन भएको छ। त्रिभुवन र काठमाडौं विश्वविद्यालयअन्तर्गतका मेडिकल कलेजमा छात्रवृत्तिमा एमबीबीएस पढ्न चाहने विद्यार्थी शिक्षा मन्त्रालयले छनोट गरेर सम्बन्धित कलेजलाई सिफारिस गर्छ।

मन्त्रालयले गत असोज ७ र ८ मा प्रवेश परीक्षा लिएको थियो। सम्बन्धन लिएर सञ्चालित निजी मेडिकल कलेजमध्ये स्वदेशीले कुल भर्ना हुने विद्यार्थी संख्याको १० प्रतिशत र विदेशी मेडिकल कलेजले २० प्रतिशत विद्यार्थी छात्रवृत्तिमा पढाउनुपर्ने नियम छ। ‘उदाहरणका लागि प्रवेश परीक्षामा दुवै विद्यार्थीले ८३ नम्बर ल्याए। तर कक्षा १२ मा एउटाको प्राप्तांक ४ सय छ भने अर्कोको जीपीएमा छ। यस्तो अवस्थामा दुईमध्ये एक विद्यार्थी छान्ने आधार के हुने ? ’, शिक्षा मन्त्रालयका सचिव खगराज बरालले भने, ‘प्रवेश परीक्षामा फरक फरक अंक ल्याएको भए जसको धेरै छ, ऊ नै छनोट हुन्थ्यो। तर समान नम्बर ल्याए पनि कक्षा १२ को प्राप्तांक हेर्नुपर्‍यो। १२ को प्राप्तांक पनि स्पष्ट नहुँदा समस्या भयो।’

विद्यार्थी छनोटमै समस्या भएपछि उनीहरूको भर्ना प्रक्रिया तथा पढाइसमेत प्रभावित भएको छ।

समस्या आएपछि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डलाई पत्र पठाएर समान अंक ल्याएका जीपीएवाला र पूर्णांकवाला विद्यार्थीमध्ये जीपीएवालाको प्राप्तांक मागेको थियो। तर बोर्डले पनि विद्यार्थीको प्राप्तांक दिन नमिल्ने जवाफ पठायो। बरालले भने, ‘त्रिविको समस्या समाधान हुने क्रममा छ। तर काठमाडौं विश्वविद्यालयको हकमा भने जस्ताको तस्तै छ। कसरी सल्टाउने छलफलमै छौं।’

काठमाडौं विश्वविद्यालयका सहायक परीक्षा नियन्त्रक डा. प्रबोध रिसालले लेटर ग्रेडिङअनुसार अंक ल्याएका विद्यार्थीलाई पनि प्रतिशतमा रूपान्तरण गरेर विद्यार्थी छनोट गर्न लागिएको बताए। ‘केही विद्यार्थीको प्राप्तांकलाई प्रतिशतमा रूपान्तरण गरिसकेका छौं, केहीको गर्न बाँकी छ। त्यसपछि मन्त्रालय पठाउँछौं’, रिसालले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.