सलोनी र आरबको जित
पोखरा : पोखरामा जारी ट्रेकर्स इन् यू-१४ जुनियर एटीएफ टेनिस च्याम्पियनसिप सर्किट-१ मा शीर्ष वरीयताका नेपाली खेलाडी महिलातर्फ सलोनी तामाङ र पुरुषमा आरब हाडाले विजयी सुरुआत गरेका छन् ।
पोखरा रंगशालाको टेनिस कोटमा मंगलबार भएको खेलमा सलोनीले पोखराकी श्रीया भट्टराईलाई ६-१, ६-० को सेटमा पराजित गरिन् । यसैगरी पुरुषतर्फको खेलमा आरबले पोखराकै सौगात विकलाई ६-१, ६-२ को सोझो सेटमा पराजित गरे ।
पुरुष एकलतर्फका अन्य खेलमा भारतका आदित्या बर्माले नेपालका पवनकुमार शर्मालाई ६-२, ६-०, भारतका रोहन पटेलले नेपालका ईशान गुरुङलाई ६-०, ६-१ ले पराजित गरे । यसैगरी नेपालका प्रितम परियारले भारतका हरिशरण भाष्करणलाई ६-४, ६-४ ले पराजित गर्दै अगाडि बढे । इभ्याक जोशीले श्रेयाष पौडेललाई ६-१, ६-०, प्रणव मानन्धरले आयुष्मा नहजुर घलेलाई ६-२, ६-३ ले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरे । यसैगरी सरोज तामाङले सक्षमविक्रम शाहलाई ६-२, ६-१ तथा अकिजुवेन रावतले राजवीर प्रधानलाई ६-०, ६-० ले पराजित गरे ।
महिलातर्फ निमिशा ढकालले प्रशंसा मोक्तानलाई ६-१, ६-१, भारतका मिली छुगले नेपालका सृष्टि राईलाई ७-६, ६-४ ले पराजित गरिन् । महिला डबल्सतर्पm ईशा श्री शाह र सर्वाङ्गी श्रेष्ठको जोडीले श्रीया भट्टराई र रामिका बुद्धाचार्यको जोडीलाई ६-०, ६-०, निमिशा ढकाल र आइसा डोल्कर गुरुङको जोडीले प्रशंसा मोक्तान र सुनिरा थापाको जोडीलाई ६-४, २-६, १०-६ ले पराजित गरे । सुभांगीलक्ष्मी शाह र सलोनी तामाङको जोडीले भारतका मिली छुग र नेपालका अध्या पौडेलको जोडीलाई ६-३, ६-१ को सेटमा पराजित गरे ।