आगो निभाउन आधा पानी बोकेर पुग्यो बिग्रेको दमकल

आगो निभाउन आधा पानी बोकेर पुग्यो बिग्रेको दमकल

प्युठान : प्युठान नगरपालिका–७ विजुवार पूण्यखोला निवासी प्रदीप केसीको कुटानीपिसानी र सिरक डसना उद्योगमा बिहीबार दिउँसो आगलागी भयो । विद्युत् सर्ट भएर जानका कुटानीपिसानी र सुप्रिया सिरक डसना उद्योगमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । दुवै उद्योग एकै ठाउँमा सञ्चालनमा थिए । 

आगलागी भए लगत्तै पीडितले प्युठान नगरपालिका कार्यालयमा खबर गरे,‘दमकल पठाइदिनु प¥यो ।’ पीडित केसीका अनुसार घटनास्थलमा करिब एक घण्टापछि दमकल पुग्यो । तर, त्यो बेलासम्म सबै नष्ट भइसकेको थियो । 

आधा पानी बोकेर बिग्रिएको दमकल घटनास्थलमा पुगे पछि आगो नियन्त्रण हुन सकेन । प्युठान नगरपालिकामा दुई दमकल छन् । नगरपालिकाले आफैँ खरिद गरेको दमकल बिग्रिएर मर्मतका लागि बुटवल लगिएको छ । भारत सरकारमार्फत प्राप्त दमकल चार वर्ष पहिले नै बिग्रेर थन्किएको नगरप्रमुख अर्जुनकुमार कक्षपतीले बताए । 

‘सशस्त्र पहरी क्याम्पभित्र बिग्रिएको दमकल राखेका थियौँ’, कक्षपतीले भने,‘नजिकै आगलागी भएपछि जिपको ड्राइभर बोलाएर त्यही दमकल लग्यौँ । तर, काम गर्न सकेन ।’ उनका अनुसार बिग्रिएको दमकलले पानी फाल्न सक्दैन । आगलागीस्थलबाट दमकल राखिएको सशस्त्र क्याम्प बढीमा दही मिनेटको दुरीमा पर्छ ।

बाटो छेउमै उद्योग सञ्चालन भए पनि आगलागी नियन्त्रण गर्न नसकिएको पीडितले गुनासो गरे । दिउँसो आउने जाने विद्युत्को समस्याले सर्ट भएर आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । 

मिल सञ्चालन नभएकै बेला घटना भएको पीडित केसीको भनाई छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीका अनुसार आगलागीबाट अनुमानित २७ लाख १६ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

यकिन तथ्याङ्क शुक्रवार बिहानसम्म आउने उनले बताए । गाडी पुग्ने स्थानमासमेत विपदको बेलामा स्थानीय सरकारले पूर्व तयारी नगरेको स्थानीयको आक्रोश छ । उद्योगमा कुटानीपिसानीका लागि थुप्रै व्यक्तिले अन्न राखेको केसीले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.