सुन तस्करीका आरोपी र आइजीपी एउटै कार्यक्रममा
काठमाडौं : नेपालस्थित त्रिभुवन विमानस्थलबाट भएको ३८ क्वीन्टल भन्दा बढी सुन तस्करीमा मुछिएका व्यवसायी ठाकुर ढुंगाना र नेपाली प्रहरीका आइजीपी सर्वेन्द्र खनाल एकै मञ्चमा देखिएका छन्।
दुबईमा आयोजित एक कार्यक्रममा सुन तस्करीका आरोपी ढुंगाना र आइजीपी खनालले एउटै मञ्च उभिएर भाषण पनि गरेका छन् ।
अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को महासभामा पुगेका आइजीपी खनाल गैरआवासीय नेपाली संघको कार्यक्रममा पूर्व योजनाअनुसार सहभागी भएका हुन् । त्यो कार्यक्रममा आइजीपी खनाल विशेष अतिथिका रुपमा उपस्थित हुँदा ढुंगाना पनि वक्ताका रुपमा सहभागी थिए ।
अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को महासभामा पुगेका आइजीपी खनाल गैरआवासीय नेपाली संघको कार्यक्रममा पूर्व योजनाअनुसार सहभागी भएका हुन् । त्यो कार्यक्रममा आइजीपी खनाल विशेष अतिथिका रुपमा उपस्थित हुँदा ढुंगाना पनि वक्ताका रुपमा सहभागी थिए ।

दुबई पुगेका नेपाल प्रहरीका अधिकारीहरुसँग सुन तस्करीका अभियुक्त ढुंगाना
अनुसन्धानका क्रममा सुन तस्करीमा ढुंगानाको संलग्नता पत्ता लागेपछि गृह मन्त्रालयको उच्चस्तरीय छानबिन समितिले उनलाई बयानका लागि बोलाएको थियो। अर्बौँ मूल्यको सुन तस्करी तस्करी प्रकरणमा फरार रहेका व्यवसायी ढुंगानाले मोरङ जिल्ला अदालतमा पुगेर गत असोजमा आत्मसमर्पण गरेका थिए ।
उनलाई मोरङ जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । ढुंगाना ग्रिनलाइन होलिडे ट्राभलका सञ्चालकसमेत थिए ।
गृहको अनुसन्धानबाट सुन तस्करीसँगै अवैध मानिएको हुन्डी कारोबारमा समेत उनको संलग्नता खुलेको थियो । ढंगाना सुन तस्करीमा संलग्न रहेको समितले पुष्टि गरेसँगै उनी नेपालबाट भागेर दुबर्इ पुगेका थिए। प्रहरीले ढुंगानाविरुद्ध उनीविरुद्ध पनि मोरङ अदालतमा मुद्दा चलाएको ।
गृहको समितिले अनुसन्धान थालेपछि उनी नेपालबाट बेपत्ता भएका थिए । गृहको अनुसन्धान टोलीले ढुंगानाको लाजिम्पाटस्थित टुर्स एण्ड ट्राभल्स र कान्तिपुर होलिडेमा ट्राभल कम्पनीमा सिल गरेको थियो । उनका साझेदार बालकृष्ण खड्कामाथि पनि सुन तस्करीको अभियोग लागेको थियो ।
प्रतिक्रिया दिनुहोस !