तुलसीपुरमा हर्न विषेध

तुलसीपुरमा हर्न विषेध

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिकालाई हर्न निषेधित सहर घोषणा गरिएको छ। उपमहानगरले केही महिना पहिलेदेखि थालेको प्रयासलाई लक्ष्यमा पुर्‍याएको छ। 

शनिबारबाट तुलसीपुरलाई औपचारिक रुपमा हर्न निषेध क्षेत्र घोषणा गरिएको हो। उपमहानगरपालिकाको बजार क्षेत्रभित्र पूर्वमा कालाखोला, पश्चिममा दोघरे, उत्तरमा रक्षाचौर दक्षिणमा एयरपोर्ट भित्रको क्षेत्रमा हर्न निषेध घोषणा गरेको छ।
 

उपमहानगरपालिका र ५ नम्बर प्रदेश प्रहरी कार्यालयले संयुक्त रुपमा हर्न निषेध क्षेत्र घोषणा गरेको उपमहानगरका प्रमुख घनश्याम पाण्डेले बताए। 

उनले आवश्यकता बाहेक अन्य बेलामा हर्न बजाए पाँच सयदेखि १५ सयसम्म जरिवाना हुने नीति बनाउने बताए। ‘जनतामा चेतनाको विकास हुन सक्यो भने यो घोषणा कार्यान्वयन हुनेछ’ पाण्डेले भने , ‘यो चेतनाको विकास गराउन नगर लागि पर्नेछ।’ 

प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले सबैको साँझा सहकार्यबाट मात्रै घोषणा कार्यान्वयन गर्न सकिने बताए। ‘गाडीको गति चाहिदो भयो भने हर्न बजाउन आवश्यक नै नपर्ने बताए। राप्ति अञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले सबैले आँट गरेर हर्न निषेध क्षेत्र घोषणालाई कार्यान्वयनमा लैजानु पर्ने बताए। 

सडक कब्जा गरेका घर टहरा तत्काल हटाइने 
तुलसीपुर उपमहानगरपालिका भित्र सडक कब्जा गरेर निर्माण गरिएका घर टहरा भत्काउने कार्यलाई पुनः निरन्तरता दिइने भएको छ। नगरप्रमुख पाण्डेले चाडपर्वको अवसरमा समयमा जनताको अनुरोधलाई स्वीकार गरेर घरटहरा भत्काउने काम स्थगित गरिएको भए पनि पुनः त्यसलाई निरन्तरता दिइने बताए। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.