निर्मला हत्याप्रकरण : कालोपट्टीसहित धर्ना, सरकारी काममा अवरोध

निर्मला हत्याप्रकरण : कालोपट्टीसहित धर्ना, सरकारी काममा अवरोध

महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग राखेर निरन्तर आन्दोलनमा रहेको नागरिक संघर्ष समितिले सोमबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको छ। 

नागरिक संघर्ष समितिको अगुवाईमा अधिकारकर्मी, नागरिक समाजका पदाधिकारीले जिल्ला प्रशासन कार्यालयको मुलगेटमा टाउकोमा कालोपट्टी बाँधेर धर्नामा बसेका छन्। बिहान १० बजेदेखि अधिकारकर्मीले टाउकोमा कालोपट्टी बाँधेर धर्ना सुरु गरेका हुन्। 

पूर्व निर्धारित कार्यक्रम अनुसार सोमबार र मंगलबार २ दिन बिहान १० बजेदेखि ४ बजेसम्म कालोपट्टी बाँधेर धर्नामा बस्ने कार्यक्रम रहेको नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले जानकारी दिइन्। 

अधिकारकर्मीले मुलगेटमा धर्नामा बसेपछि जिल्ला प्रशासन कार्यालयको कामकाजमा समेत अवरोध भएको छ। यसअघि सेवाग्राहीले वैकल्पिक बाटो भएर प्रशासन कार्यालयमा कामकाजका लागि जाने गरेपनि सोमबार भने आन्दोलनरत अधिकारकर्मीले वैकल्पिक बाटोमा समेत धर्ना सुरु गरेपछि कामकाजमा अवरोध आएको हो। 

जिल्ला प्रशासन कार्यालयमा कामका लागि आउने सेवाग्राहीलाई धर्नामा बसेका अधिकारकर्मीले जानबाट अवरोध गरिरहेका छन्। जसका कारण विभिन्न कामका लागि आउने सेवाग्राही फर्किन वाध्य भइरहेका छन्। 

जिल्ला प्रशासन कार्यालयसँगै जोडिएको वडा प्रहरी कार्यालयको बाटो भएर सेवाग्राहीहरु जानसक्ने भएपनि आन्दोलनरत अधिकारकर्मीले त्यहाँ पनि बाटो छेकेर अवरोध गरेपछि सेवाग्राही घर फर्किन वाध्य भएका छन्। 

नागरिक संघर्ष समितिले २० गतेसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। आन्दोलनका कार्यक्रम अन्र्तगत १९ गते न्याय खोज्दै दिउँसै टर्च लाईट बालेर प्रदर्शन गर्ने र २० गते महेन्द्रनगरमा बिशाल मानव साङ्गलोसहित प्रदर्शन गर्ने लगायतका कार्यक्रम घोषणा गरिएका छन्। 

साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको बलात्कार र हत्या भएको एकसय २८ दिन बितिसकेको छ। तर अहिलेसम्म पनि हत्यारा सार्वजनिक गरिएको छैन्।छोरीका हत्यारा सार्वजनिक गर्न माग राखेर निर्मला पन्तका बुवाआमाले जिल्ला प्रशासन कार्यालय मुल गेट बाहिर अनिश्चितकालिन धर्ना सुरु गरेको पनि २२ दिन बितिसकेको छ। 

धर्नामा बसेकै बेला स्वास्थ्यमा गम्भीर समस्या आएपछि बुवा यज्ञराज पन्तको काठमाडौंमा उपचार भइरहेको छ। साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी १३ वर्षीया निर्मलाको साउन ११ गते भीमदत्त नगरपालिका २ र १८ को सीमामा पर्ने निम्बुखेडा खोला नजिकै रहेको उखुबारीमा शव भेटिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.