फुर्सदिला कर्मचारी: कार्यालयमा फुटबल खेल्दा खुट्टा भाँच्चियो, गाडी सिक्दा कार कुच्चियो

फुर्सदिला कर्मचारी: कार्यालयमा फुटबल खेल्दा खुट्टा भाँच्चियो, गाडी सिक्दा कार कुच्चियो

पोखरा : गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन कहिले बस्ने हो भन्ने यकिन छैन। असोज ८ गते बर्खे अधिवेशन सकिएपछि सांसद फुर्सदिला बनेका छन्। प्रदेशसभा सचिवालयका कर्मचारी पनि फुक्‍काफाल छन्। 

कामकाजमा व्यस्त हुन नपरेपछि कर्मचारीको काम घाम ताप्नेमा सीमित भएको छ। सचिवालयको हाताभित्रै केही दिन उनीहरुले फुटबल खेलेर पनि कार्यालय समय कटाए। फुटबल खेल्दा २ कर्मचारीको खुट्टै भाँचिएपछि समय काट्ने त्यो उपाय पनि आइतबारदेखि स्थगित भएको छ।

कम्प्युटर अधिकृत लेखनाथ भण्डारीको आइतबार खुट्टा भाँचिएको हो। कात्तिक २७ गते खुट्टा भाँचिएपछि कानुन अधिकृत श्रीतिवारी अझैं आरामै गरिरहेका छन्। कार्यालय समय बिताउन कर्मचारीले फुटबल खेल्ने उपायमात्रै गरेनन्। कतिपयले स्कुटर र कार पनि सिकेका छन्, त्यो पनि सरकारी नै। प्रदेशसभा सचिवालयको बा १ झ नम्बर ९६५९ नम्बरको स्यान्ट्रो कार कुच्चिएको छ।

सभामुख नेत्रनाथ अधिकारीका स्वकीय सचिव लोकनाथ आचार्यले आइतबार सभाको परिसरमै कार चलाउन सिक्दा बारमा ठोक्‍काएका थिए। 'धन्न ठूलो दुर्घटना टर‍्‍‍यो, एक कर्मचारीले भने, 'कारमा नेकपाका एकजना सांसद पनि हुनुहुन्थ्यो। उहाँलाई पनि केही भइहालेको भए साह्रै नराम्रो सन्देश जान्थ्यो।'
 
ती कर्मचारीकै भनाइमा कार नगर विकास प्रशिक्षण केन्द्रको आवास भवनपट्टि ठोक्‍किन गएको थियो। आचार्यले आइतबारमात्रै कार सिकेका होइनन्। केही दिनअघिदेखि सभामुखका छोरीज्वाइँ र उनले आलोपालो कार सिकिरहेका थिए। एक कर्मचारी भन्छन्, 'अफिस समयमा गर्न नपर्ने काम गरेपछि कोहीको खुट्टा भाँच्चियो, कोहीले कार ठोक्याए।'

सरकारी गाडी सिक्दा ठोक्‍काएर बिगारेपछिको मर्मत उनैले गर्ने हुन् कि प्रदेशसभा सचिवालयले भनेर कर्मचारीबीच सोमबार कानेखुसी चलिरहेको थियो। प्रदेशसभा अधिवेशन टुंगो नलागेको मात्रै होइन छिटै बस्ने बस्ने छेकछन्द पनि छैन। सचिवालयका अनुसार नयाँ विधेयक कुनै मन्त्रालयले पनि दर्ता गराएका छैनन्। बर्खे अधिवेशनकै बेला थाँती सहकारी, सचिवालय व्यवस्थापन र वरपीपल संरक्षण सम्बन्धी ३ विधेयक छलफलका लागि विधायन समितिमा छन्।  

मन्त्रिपरिषदले आउँदो प्रदेश अधिवेशनलाई पुग्दो बिजनेस दिने भनेर दर्जन विषयका विधेयक मस्यौदा गर्न मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिइसकेको छ। प्रदेश प्रहरी ऐन ल्याउने भनेर त्यसको मस्यौदा गर्न मन्त्रिपरिषदले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिइसकेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले आउँदो प्रदेशसभा अधिवेशनअघि २० विधेयक तयार गर्ने गरी सरकारले काम गरिरहेको केहीअघि बताएका थिए।

संघीय संसदको अधिवेशन डाक्न प्रमुख प्रतिपक्षले माग गरिसकेको छ। तर गण्डकी प्रदेशसभाको बैठक डाक्न प्रतिपक्षी दल कांग्रेसले पनि घचघच्याएको छैन्। प्रदेशसभा नबसेको समयमा पनि संसदीय समितिका केही बैठक भने यसबीचमा बसेका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद कुमार खड्का सरकारसँग बिजनेसै नभएकाले अधिवेशन नबोलाएको हुनसक्ने बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.