शान्ति नै समृद्धिको आधार : राष्ट्रपति
बुटवल : राष्ट्रपति विद्यादेवी भण्डारीले शान्तिका माध्यमबाट नै मुलुक समृद्ध हुने बताएकी छन्। बुद्धको सिन्द्धान्तलाई व्यवहारमा लागू गर्दै सरकारले लिएको समृद्ध नेपाल निर्माणको अभियान पूरा गर्न सबै राजनीतिक दल एक ढिक्का बन्नु पर्ने बताइन्।
लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औं वार्षिकोत्सव कार्यक्रमको शनिबार लुम्बिनीमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले शान्ति र समृद्धिको मुल आधार बौद्ध शिक्षा भएको बताइन।
उनले बौद्ध विश्व विद्यालयमा पढ्नकोलागि विश्वका विभिन्न देशमा विद्यार्थी आकर्षित गर्ने गरी अध्ययन गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताइन्।
शान्ति समृद्धिको मुल आधार रहेको भन्दै राष्ट्रपति भण्डारीले करुणा, सद्भाव र मैत्रीको रुपमा रहेका अग्रदूत बुद्धको उपदेशलाई विश्व शान्तिको भावना विकास प्रयोग गर्नुपर्ने खाँचो औल्याइन्।