सडेको खाना खुवाउँछन् राजमार्गका होटेल

सडेको खाना खुवाउँछन् राजमार्गका होटेल

कालाकाटे (दाङ) : पूर्वपश्चिम राजमार्गको भालुवाङ चद्रौटा सडकखण्डको कालाकाटेमा रहेका अधिकांश होटेलका खाना गुणस्तरहीन भेटिएको छ। अनुगमन र निगरानी नहुँदा ती होटलले उपभोक्ता ठग्दै आएका छन्। सडकखण्डको गढवा कालाकाटेमा रहेको चन्द्रसूर्य होटलमा फेरि बासी सडेगलेको खाना पाइएको र मूल्य पनि चर्को भएको यात्रुहरूले गुनासो गरेका छन्।

उक्त होटलले केही समयअघि बासी खाना दिएको भन्दै यात्रुहरूले विरोध गरेका थिए। ‘यो होटेलमा मानिसले खाने हैन, जनावरले खाने दाना खुवाइन्छ’, तुलसीपुरमा व्यवसायी ललितजंग शाहले भने, ‘यस्ता ठगलाई कारवाही हुनुपर्छ।’

तुलसीपुरका शिवराज बस्नेतले यो अवस्था पटक पटक दोहोरिएको भन्दै कारवाहीको माग गरे। उनले भने, ‘यहाँ मैले तीन पटक खाइसकें, सधैं उस्तै छ। एक पटक त कुहिएको मासु खुवाएर बिरामी नै पार्‍यो’, उनले थपे, ‘बसका स्टापलाई भत्ता र राम्रो खाना खुवाउने भएपछि यहीँ ल्याउँदा रहेछन्।’ खोटलको भान्छा, बेसिन, खाना खाने ठाउँ तथा सबै वातावरण प्रदूषित र दुर्गन्धित भएको भन्दै अर्का यात्रु एकराज भण्डारीले बताए। उनले भने, ‘यहाँ खानुभन्दा भोकै बस्नु जाती हुन्छ।’ 

राजमार्ग छेउका होटलले खानाको नाममा यात्रु लुटिरहेका भन्दै मापदण्ड र गुणस्तर कतै नभएको उनले बताए। समयमा खाना नपाइनु, खाना काँचो हुनु त यहाँका होटलका दैनिक समस्या हुन्। भण्डारीले थपे, ‘कहिलेकाहीँ यस्तै होला भनेर वास्ता गरिएन, तर सबैले मेरोजस्तै समस्या बताएपछि होटलको वास्तविकता खुल्यो।’ 

राजमार्गमा होटल खोलेर यात्रु ठग्नेलाई कारवाही हुनुपर्ने अर्का यात्रु प्रेम तिवारीले बताए। आधारभूत आवश्यकतासमेत होटलवालाले पूरा नगरेको भन्दै उनले भने, ‘खाना खाइसकेपछि कस्तो चै खाइयो भनेर आफैंलाई लाज लाग्यो।’

चन्द्रसूर्यजस्तै राजमार्ग भेगका अन्य होटलको हालत पनि उस्तै छ। स्थानीय मापदण्ड मिचेर सञ्चालित यस्ता होटेललाई स्थानीय प्रशासनले कारवाही गर्न सकेको छैन। यात्रुहरूको गुनासो बढिरहँदासमेत होटलको लापरवाहीबारे प्रशासनलाई जानकारी गराउनुपर्ने अवस्था छ। सूर्यचन्द्र होटल सञ्चालकलाई होटलको खाना र यात्रुहरूको गुनासो बढ्दै गएकोबारे सोध्दा आगामी दिनमा सुधार गर्ने र गुणस्तरहीन खानाबारे सार्वजनिक नगरिदिन आग्रह गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.