४ हजार ५ सय केजी मटरासहित एक पक्राउ
गुलरिया : प्रहरीले ४ हजार ५ सय किलोग्राम प्रतिबन्धित मटरा बरामद गरेको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ स्थित गोपाल थारुको घरमा व्यापारीले भाडामा राखेको गोदामबाट प्रतिबन्धित मटरा बरामद गरिएको हो।
प्रहरीले मटरासहित नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ बस्ने मटरा व्यापारी गुलाम नवीलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए। उनले भने, 'हामीले ४५ हजार मुल्य बराबरको ४५ क्विन्टल मटरा बरामद गरेका हौं।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बग्नाहबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा चोरी निकासी गरी भारततर्फ लैजान भण्डारण गरी राखिएको अवस्थामा मटरा बरामद गरिएको एसपी मैनालीले बताए।
प्रहरीले पक्राउ गरीएका व्यापारीमाथि आवश्यक अनुसन्धान अघि बढाएको छ।मटराको प्रयोगले विभिन्न रोगहरु लाग्ने भएकाले यसको उत्पादन तथा बिक्री वितरणमा समेत रोक लगाइएको छ।