आरोही होङ गील सम्मानित

आरोही होङ गील सम्मानित

पोखरा : विश्वका आठ हजार भन्दा अग्ला २० मध्ये १६ वटा हिमालको आरोहण गर्ने दक्षिण कोरियाका आरोही उम होङ गील सम्मानित भएका छन्। 

गीललाई मंगलबार संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले सम्मान गरेका हुन्। नेपाल पर्वतारोहण संघले पाँचौ अन्तराष्ट्रिय पर्वतीय दिवसको अवसरमा उनलाई कुमारखड्ग विक्रम शाह साहसिक पर्वतारोहण पुरस्कारबाट सम्मान गरिएको हो। 

सन् १९६० जन्मिएका गीलले १९८८ सेप्टेम्बर २६ मा पहिलो पटक सगरमाथाको आरोहण गरी १९ वर्षसम्म निरन्तर आरोहण गरे। उनले  सन् २००७ मा ल्होत्से हिमालको अन्तिम आरोहण गरेका थिए। 

सगरमाथापछि आठ हजार मिटर माथिका हिमालमा उनले क्रमशः सिसा पाङमा, ब्रोड पिक, धौलागिरी, गासेरब्रुम, अन्नपूर्ण पहिलो, कञ्चनजंगा, ल्होत्से, यालुङखाङ, छ्यो यू, मकालु, मनास्लु, गसेरब्रुम दुई, नाङगा पर्वत, केटु र ल्होत्से गरी १६ अग्ला हिमालको सफल आरोहण गरेका छन्। विश्वमै सहासिक आरोहीमा नाम कमाएका उनलाई पर्वतारोहण संघले नेपालको पर्वतारोहण क्षेत्रको विकासमा टेवा पुर्‍याएको भन्दै सम्मान गरेको संघका अध्यक्ष शन्तवीर लामाले बताए।

उम होङ गीलले आरोहणको १९ वर्षको अवधीमा आफूसँग आरोहण गर्ने १० जना आरोही साथीलाई हिमालमै गुमाउनु परेको सुनाए।

उनले सन् २०१८ मा प्राप्त गरेको सहासिक पर्वतारोहण पुरस्कार आफ्ना साथीको लागि सर्मपण गरेका छन्। पहिलो घर कोरिया भए पनि दोस्रो घर नेपाल भएको उनको भनाइ छ।

उनी एक सय बढी पटक नेपाल आइसकेका छन्। उनले सोलुखुम्बु, संखुवासभा, काभ्रेलगायतका १५ वटा स्थानमा १० अर्ब बढी लगानीमा विद्यालय निर्माण गरेका छन्। उम होङ गील हुमेन फाउण्डेशन नामबाट उचाई हिमाल भएको क्षेत्रमा र अन्य विद्यालय नभएका र जिर्ण भएको स्थानमा सहयोग गरेको उनले बताए। 

   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.