अन्नपूर्णकर्मी भट्टराई पुरस्कृत
दाङ : नेपाल पत्रकार महासंघ दाङको २६ औँ स्थापना दिवसको अवसरमा अन्नपूर्ण पोस्ट् दैनिकका दाङ सम्वाददाता गोपाल शर्मा भट्टराई पुस्कृत भएका छन् ।
शाखामा स्थापित ‘ओमप्रकाश शर्मा स्मृति पत्रकारिता पुरस्कार २०७५’ बाट भट्टराईलाई पुरस्कृत गरिएको हो । स्थापना दिवसको अवरमा आयोजित कार्यक्रममा उनलाई नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले नगद र सम्मापपत्र पत्र प्रदान गरेका हुन् ।
लामो समयदेखि पत्रकारकारुपमा क्रियाशील भएर पत्रकारिताको संस्थागत विकासमा पु¥याएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको सम्मान पत्रमा उल्लेख छ ।
स्थापना दिवसमा अन्नपूर्णकर्मीसहित १२ बढी पत्रकारलाई पुरस्कृत गरिएको छ । संस्थाका संस्थापक कोषाध्यक्ष रामप्रसाद पौडेललाई योगदान पत्रकारिता पुरस्कार, नारायणी रजौरेलाई पत्रकारिता प्रतिभा पुरस्कार, रिता लामालाई वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार र महिला सिर्जनशील पत्रकारिता पुरस्कार विमला घर्तीलाई प्रदान गरिएको छ ।
त्यसैगरी पत्रकारिता प्रोत्साहन पुरस्कार आभाष बुढाथोकी, ओमप्रकाश गुप्ता, दिपक जि एम, विकास डाँगी, कवि–गोकुल स्मृति पत्रकारिता पुरस्कार जीवन नेपाली, रोशन स्मृति पत्रकारिता पुरस्कार पुरन शर्मा, पण्डित लीलाकण्ठ मरहट्ठा पत्रकारिता पुरस्कार विमल योगी, विष्णु–भुपेन्द्रश्वर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार सुरेशसुमन डाँगी र यज्ञबहादुर बुढाथोकी स्मृति पत्रकारिता पुरस्कार विवेक खडकालाई प्रदान गरिएको छ ।
जितेन्द्रबहादुर शाह स्मृति पत्रकारिता पुरस्कार विमल गौतम, दुर्गा–टीका स्मृति पत्रकारिता पुरस्कार अमरराज आचार्य, लोककुमारीस्मृति पत्रकारिता पुरस्कार युगराज पोख्रल, नदीनस्मृति पत्रकारिता पुरस्कार इन्द्र विवश डिसी, नारायणी स्मृति पत्रकारिता पुरस्कार देवी भण्डारी र फोटो पत्रकारिता पुरस्कार कुलदीप न्यौपानेलाई प्रदान गरिएको छ ।