विषाक्त चाउमिन खाँदा ज्यान गुमाएका दाजुभाइको शव परिवारले बुझे

विषाक्त चाउमिन खाँदा ज्यान गुमाएका दाजुभाइको शव परिवारले बुझे

 

महेन्द्रनगर : कञ्चनपुरको कृष्णपुर नगरपालिका ३ आमघाटमा विष मिसाएको चाउमिन खाएर मृत्यु भएका दाजुभाको शव चार दिनपछि परिवारले बुझेको छन् । शनिबार मृत्यु भएका दुवैको शव मंगलबार दिउँसो मृतकका आमा बिमला सुनारले बुझेकी हुन् ।

शनिबार उपचारका लागि कोहलपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएका १२ वर्षीय धनबहादुर सुनार र ८ वर्षीय टेक बहादुर सुनारको शव बुझ्ने मानिस नआउँदा चारदिनदेखि अस्पतालमा नै रहेको थियो ।

कृष्णपुर नगरपालिका ३ का वडा अध्यक्ष सुन्दर चौधरीले शवको दाहसंस्कारका लागि आवश्यक पर्ने खर्च व्यहोर्ने भएका छन् । दुबै बालककी आमा शारीरिक रुपले अशक्त रहेको भन्दै स्थानीयले शव बुझ्न मानेका थिएनन् । शवको पोष्टमार्टम आइतबार नै गरिएको थियो ।

‘मंगलबार शव बुझेर लगेका छौं’ मृतक बालकद्वयका मामा चामुराम टमट्टाले भने । ‘बुधवार मात्रै शवको दाहसंस्कार गर्नेछौं ।’ मंसिर २८ गते घरबाट बेलौरी नगरपालिका ६ बैशाखास्थित मामाघरमा बिहेका लागि गएका बालकको शनिबार मृत्यु भएको थियो ।

‘बिहान घरबाट निस्कने बेला नै ठूली आमा सीतादेवी सुनारले चाउमिन पकाई पोको पारेर मामा घर पुगेर खानु भनि दिएकी रहेछिन्’ उनले भने । ‘ती बालकले उक्त चाउमिन बाटोमै खाएपछि वान्ता गर्न थालेछन्।’  घर पुग्दासमेत उनीहरुको वान्ता नरोकिएपछि उपचारका लागि स्वास्थ्य चौकी लगिएको उनले बताए ।

शनिबार उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएपछि पोष्टमार्टमका लागि दुवै दाजु भाइको शव महाकाली अञ्चल अस्पतालमा लगिएको थियो ।     जेठी आमाले पोको पारेर दिएको चाउमिन खाएकै कारण बालकहरुले वान्ता गर्न सुरु गरेकाले उक्त चाउमिनमा विषालु केही मिसावट गरिएको हुन सक्ने आशंका छिमेकीहरुले गरेका छन् ।

यसैबीच कञ्चनपुर प्रहरीले चाउमिन पकाएर दिने ठुली आमा सीतादेवी सुनार र ठूलो बुवा लक्षीराम सुनारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । मृतक बालकद्वयकी आमा विमला सुनारको किटानी जाहेरीपछि उनीहरुलाई कर्तव्य ज्यान सम्बन्धी मुद्वा दायर गरेर प्रहरीले अनुसन्धान गरिरहेको हो । अदालतबाट ४ दिन म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाइएको कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले जानकारी दिए ।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.