अष्ट्रेलियामा सन्दीपले घमण्ड गरेको आरोप

अष्ट्रेलियामा सन्दीपले घमण्ड गरेको आरोप

काठमाडौं : क्रिकेट खेल्न अष्ट्रेलिया पुगेका सन्दीप लामिछानेले त्यहाँ आयोजित एक कार्यक्रममा घमण्ड गरेको भन्दै आलोचना भएको छ। अष्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगिता 'बिग बास' खेल्न पुगेका सन्दीपले त्यहाँ रहेका नेपालीले आयोजना गरेको सम्मान कार्यक्रममा घमण्ड गरेको आरोप लागेको हो। 

मेलबर्नमा रहेका नेपालीले उनको सम्मानमा नेपाल फेस्टिभल परेडको आयोजना गरेका थिए। सोही कार्यक्रममा सहभागी हुँदा सन्दीपले घमण्ड गरेको आरोप लागेको हो। 

सन्दीपसँगको संवाद सार्वजनिक गर्दै नोर्गेन नोर्वुले फेसबुकमा उनले घमण्ड गरेको आरोप लगाएका हुन्। नोर्वु नेप्लिज उसोसिएसन अफ भिक्टोरियाका पूर्वसचिव हुन्। उनले लेखनाथ पौडेलको कविताका दुई हरफ राखेर सन्दीपले आफ्नो विगत बिर्सिएको भन्दै आलोचना गरेका छन्।

 
छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ।
उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ।।

उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र।।

(नैतिक दृष्टान्त, लेखनाथ पौडेल) यो कविताबाट उनले सन्दीपको विषयमा स्टाटस लेख्न सुरु गरेका छन्। सँगै साथमा उनले सन्दीपसँगको छोटो संवादसमेत पोस्ट गरेका छन्। 
'परेड सुरु हुन १५ मिनट ढिला हुँदा, यो कस्तो खाल्को म्यानेजमेन्ट हो? त्यसै नानाथरी टिप्पणी।

प्रः सन्दिप​, खाना खाऊँ है? 
उः त्यो पनि सोध्ने कुरा हो?

प्र​: सन्दिप लाइनमा मिलेर हिडौँ न​, ट्राम लिकमा नहिँड न​
उः म भिआपी हूँ, जहाँ हिँडे पनि के भो र​?'

उता सन्दीपले भने आफूले परेडमा सहभागी हुँदा घमण्ड नदेखाएको दाबी गरेका छन्। ट्विटरमार्फत् स्टाटसको खण्डन गर्दै सन्दीपले त्यसमा सत्यता नभएको बताएका हुन्। 

'यो गलत हो। सरासर गलत हो। यो कथा एक लाइन पनि सत्य छैन। आखिर कहिलेसम्म ?', सन्दीपले प्रश्न गर्दै भनेका छन्, 'कृपया  लेख्नुअघि सही सूचना प्रयोग गरौं। गलत नगरेको व्यक्तिलाई झार्ने काम नगरौं।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.