बैतडी–दार्चुला जोड्ने चमेलिया पुल जीर्ण

बैतडी–दार्चुला जोड्ने चमेलिया पुल जीर्ण

बैतडी : बैतडी–दार्चुला जोड्ने चमेलिया नदीमाथिको मुख्य मोटरेबल पक्की पुल जीर्ण हुँदै गएको छ। ०५९/६० मा बनेको उक्त पुल जीर्ण बन्दै गएको स्थानीयले बताएका छन्। बैतडी र दार्चुला जिल्ला जोड्ने मुख्य सेतुका रूपमा रहेको चमेलिया पुल जीर्ण बनेको डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरका सुरेश श्रेष्ठले बताए।

उनले भने, ‘दार्चुला जिल्लालाई राष्ट्रिय राजमार्गको पहुँचमा पुर्‍याउने एक मात्र चमेलिया पुल हो। यो पुुलको बीचमा खाल्डाखुल्डी परेर जीर्ण भइसकेको छ। बैतडीका नागरिकले दार्चुला जाने र दार्चुलाका नागरिकले बैतडीले आउने चमेलिया पुल मुख्य पुल भएको भए पनि जीर्णोद्धारका लागि कसैले पहल गरेको छैन।’

दार्चुलालाई सडक सञ्जालसँग जोड्न १ सय २० मिटर लामो पुल ५ करोड लागतमा निर्माण गरिएको थियो। १६ वर्षअघि निर्माण पूरा भएको पक्की पुलको समयमा मर्मत र संरक्षण नहुँदा संरचना कमजोर बन्दै गएका छन्। निर्माणपछि एक पटक मात्रै पुलमा रंगरोगन गरिएको छ। त्यसबाहेक सरोकारवाला पक्षले पुल संरक्षणका लागि केही पहल नगरेको गोकुलेश्वरका व्यापारी देव विष्टले बताए।

यो पुल बनेपछि मात्रै दार्चुला राष्ट्रिय राजमार्गमा पहुँच पुगेको हो। एक वर्षअघि पुल मर्मत सम्भार गरिए पनि पुरानै हालतमा पुगेको स्थानीय दीपिका विष्टले बताइन्। पुलको क्षमताभन्दा बढी लोड भएका सवारीसाधन सञ्चालन हुनु, नालीको पानी बगाउनुलगायत कारण पुल जीर्ण बन्दै गएको सडक डिभिजन कार्यालय पाटन बैतडीका सब इन्जिनियर योगेन्द्र स्वाँरले बताए। उनले भने, ‘चमेलिया पुलको पिच उप्किएको ठाउँमा प्रिमिक्स गर्ने र र्‍यालिङ मर्मतका लागि तयारी भइरहेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.