१ सय १४ विद्यार्थीलाई न्यानो कपडा

१ सय १४ विद्यार्थीलाई न्यानो कपडा

दाङ : दाङका एकजना समाजसेवी युवाले दुई सामुदायिक विद्यालयका एक सय १४ जना बालबालिकालाई न्यानो कपडा सहयोग गरेका छन्। सामाजिक क्षेत्रमा लामो समयदेखि काम गर्दे आइएका दाङको तुलसीपुर उपमहानगरपालिका ६ का टोपबहादुर महतराले विभिन्न समुदायका बालबालिका अध्ययन तुलसीपुरमा प्रावि कुमाल गाउँ र पशुपति प्रवि राइखल्यानका एक सय १४ जना विद्यार्थीलाई न्यानो कपडा सुइटर वितरण गरेका हुन्।

पशुपति प्राथामिक विद्यालयका ४५ जना विद्यार्थी र कुमालगाउँ प्रावि पवननगरका ६९ जना विद्यार्थीलाई स्वीटर प्रदान गरिएको महतराले बताए। विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो। 

पुसको महिनामा सामान्य कपडा लगाएर आएका विद्यार्थीलाई स्वीटर दिइएपछि विद्यार्थीहरु खुसी हुँदै प्रफुल्ल भए। विपन्न  परिवारका बालबालिका पढ्ने दुवै विद्यालयमा कक्षा पाँचसम्म पढाइ हुन्छ।

बालबालिकाको शिक्षामा सहयोग गर्दै आएका महतराले पछिल्लो समय विद्यालयमै पुगेर सहयोग गर्न थालेको बताए। उनले ४६ जना बालबालिकालाई ५ वर्षदेखि शैक्षिक सहयोग गर्दै आएका छन्। 

मानवीय सेवालाई निरन्तरता दिन विद्यार्थीलाई सहयोग गरेको उनले बताए। विद्यालयमा अध्ययनरत सबै विद्यार्थीसँग न्यानो कपडा नभएपछि सहयोग गरेको उनलेको भनाइ छ।

तुलसीपुर उपमहानगरका नगरका शिक्षा संयोजक देवराज विश्वकर्माले विद्यायको शैक्षिनक गुणस्तर बढाउन र विद्यार्थी बढाउने अभियानमा शिक्षक लाग्नुपर्ने बताए। उनले शिक्षकले आफ्ना बालबच्चालाई सामुदायिक विद्यालयमा भर्ना गरेर अरुलाई  पढाइप्रति विश्वास बढाउनुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.