गोलभेडामा डढुवाले लाखौं नोक्सान, क्षतिपुर्ति पनि छैन !

गोलभेडामा डढुवाले लाखौं नोक्सान, क्षतिपुर्ति पनि छैन !

बैतडी : जिल्लाको डिलसैनी गाउँपालिका–६ गोकुलेश्वरस्थित गोलभेडामा डढुवा रोग लागेपछि किसानहरु चिन्तित भएका छन् ।

फल टिप्ने बेला गोलभेडामा डढुवा रोग लागेपछि व्यायवसायिक रुपमा तरकारी खेती गरिरहेका किसानहरु चिन्तित बनेका हुन् । रोगले गोलभेडा नष्ट भएपछि ५ रोपनी जमिनमा गोलभेडा लगाएका किसान हरिश नाथले करिब डेढ लाख बराबरको क्षति भएको बताएका छन् ।

डिलसैनी गाउँपालिका–६ चौंसेरामा ५० रोपनी भन्दा बढी जमीनमा लगाइएको गोलभेडा यस्तो रोगबाट बढी प्रभावित भएको हो । ‘बेमौसमी गोलभेडाबाट निकै कमाइ हुन्थ्यो । यो बर्ष डढुवाले सबै सखाप पारिदिँदा हामी मार्कामा परेका छौँ,’ किसान प्रेमसिंह मालले भने, ‘डढुवाका कारण गोलभेडा नष्ट हुँदा दुई लाख बढीको क्षति भएको छ । खेतभरी लगाएको गोलभेडा नष्ट भएको छ ।’

यस वर्ष छिटै चिसो सुरु भएको र रातीमा पर्ने तुसारोले डढुवाको संक्रमण बढेको किसान परमानन्द माल बताउँछन् । उनले भने ‘अन्य वर्ष अलि ढिलो चिसो सुरु हुन्थ्यो । तुषारो पनि ढिलै पथ्र्यो । यस बर्ष चाँडै तुषारो पर्दा गोलभेडा नष्ट भयो ।’

गोलभेडामा डढुवा लागेपछि किसानहरुले लगाएको खेतमा गोलभेडाका दाना काला हुन थालेका छन् । गोलभेडाको बोट र फल मर्न थालेको किसानहरु बताउँछन् ।
एक बोटबाट सुरु भएको डढुवा छोटो समयमै पूरै खेतमा फैलिन थालेपछि संक्रमणकै रुपमा लिएको किसानहरु बताउँछन् । यसले गर्दा आम्दानी नै शुन्य हुने उनीहरुको गुनासो छ ।

यसअघि लटरम्म गोलभेडा फल्ने गोकुलेश्वरमा यस वर्ष डढुवाले गर्दा अधिकांश किसानहरु प्रभावित भएका हुन् । बैतडीकै धेरै तरकारी हुने पकेट क्षेत्रमध्ये गोकुलेश्वर हो । व्यावसायिक तरकारी खेतीमै लागेका उनीहरुलाई पहिलो पटक यति ठूलो नोक्सान परेको बताइएको छ ।

क्षतिपुर्ति पाउँदैनन् किसान
व्यवसायीक तरकारी खेती नष्ट हुँदा पनि यहाँका किसानले क्षतिपुर्ति पाउने कुनै संकेत छैन । किसानहरु भने लाखौंको क्षति हुँदा क्षतिपुर्ति पाउनुपर्ने माग गर्दै आएका छन् ।

कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्द भने यहाँका किसानले वर्षेनी कुनै न कुनै रुपमा नोक्सान व्यहोर्ने यथार्थ सुनाउँछन् । तै पनि क्षतिपुर्ति दिने व्यवस्था नरहेको बताउँछन् ।

त्यसो त अगुवा किसान नै बाली बीमाबारे जानकार छैनन् । कसरी कहाँ यसको दावी गर्ने विषयमा पनि उनीहरु जानकारी नभएको बताउँछन् । कुनै न कुनै शिर्षकमा सरकारले क्षतिपुर्ति दिनुपर्ने उनीहरुको गुनासो छ ।

अगुवा किसान कृष्णदत्त भट्ट भन्छन्, ‘तरकारी खेतीमा हामी वर्षेनी विभिन्न क्षति व्यहोर्दै आएका छौँ । क्षतिपुर्ति पाउने तरिका हामीलाई थाहा छैन । हरेक वर्ष ठूलो नोक्सान कसरी व्यहोर्ने ?

सरकारले वाली विमा गर्ने किसानहरुका लागि विमांकमा ७५ प्रतिशत अनुदान दिने गरेको छ । कुनै वालीमा क्षति भएमा त्यसको प्रकृति हेरेर लागतको ९० प्रतिशतसम्म क्षतिपुर्ति दिने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.