भीरमा अड्किएको काठ निकाल्न खोज्दा च्यापिएर मृत्यु
पाल्पा : पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ सत्यवतीका ४१ बर्षीय टुकबहादुर कुवँरको काठले च्यापिएर मृत्यु भएको छ । घरमा कर्कट पाता लगाउनका लागि सत्वतीको मधुवन सामुदायिक वनमा काठ काट्न गएका कुँवरको बिहीबार दिउँसो ४ बजे काठले च्यापिएर मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।
काटिसेकेपछि भीरमा अड्किएको काठ निकाल्ने क्रममा सोही काठले च्यापेर उनको मृत्यु भएको हो । पाल्पाका गाउँमा नयाँ घर निर्माणका लागि सामुदायिक वनबाट निश्चित मात्रामा काठ दिने प्रचलन रहेको छ ।