बेलायतका घरबार बिहीनलाई नेपालीको सहयोग

बेलायतका घरबार बिहीनलाई नेपालीको सहयोग

लण्डन : संसारकै अति विकसित मुलुकमा पर्ने बेलायतमा हरेक वर्ष ६ सय जना घरबार विहीनहरुको चिसो, ड्रग्स र आत्महत्याको कारणले मृत्यु हुन्छ भन्दा अचम्म लाग्ला ।

तर आज बिबिसीले समाचारमा जनाए अनुसार ५ वर्षभित्र ईङ्ल्याण्ड र वेल्समा मात्रै २ हजार ६ सय २७ बेलायती घरबार बिहीनहरुको असमयमै मृत्यु भएको अभिलेखमा देखिएको छ ।

उक्त समाचार प्रशारण भएकै दिन आज बेलायतमा बसोबास गर्ने नेपालीले स्थानीय घरबारबिहीनका लागि खाना र न्यानो कपडा व्यवस्था गर्न च्यारिटीमार्फत सहयोग हस्तान्तरण गरेका छन् ।

बेजिङ्स्टकमा बसोबास गर्ने समाजसेवी शिवजी श्रेष्ठले यस्तो सहयोग हस्तान्तरण गरेका हुन् । उनले च्यारिटी कार्यक्रम मार्फत संकलन भएको रकम क्याम्रोज डे सेन्टर र नाइट लाइट विन्टर सेल्टर संस्थामार्फत हस्तान्तरण गरेका हुन् ।

यस अवसरमा स्थानीय बेजिङ्स्टक एन्ड डीन काउन्सिलका मेयर सोन केटिङले एक नेपालीले बेलायतमा रहेर बेलायती असहायहरुको लागि यस्तो कार्यक्रम गर्नु सह्रानीय कार्य भएको टिप्पणी गरे । उनले ‘नेपाली हृदयको सम्मान गर्छु’ भन्दै प्रसंसा समेत गरे ।

यस्तै स्थानीय लेबर पार्टीका अध्यक्ष तथा काउन्सिलर किम टेलरले बेलायतमा रहेका नेपालीहरु बेलायती समाजको अभिन्न अंग रहेको बताएका थिए । नेपाली परम्परागत सारंगी लगायत बाजाबाट सुरु भएको सांगितीक माहोलका माक्र च्यारिटी कार्यक्रम भएको थियो ।

सयपत्री सांस्कृतिक समाजका अध्यक्ष डम्बर सिंह, प्रभा बिक, विर्ष गुरुङ, शुभाशिश श्रेष्ठ, आरन एन्जल, एरिना लगायत कलाकारले कार्यक्रममा प्रस्तुती दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.