काकाकुल भलावाङ, पीडा सुन्दैनन् जनप्रतिनिधि !

काकाकुल भलावाङ, पीडा सुन्दैनन् जनप्रतिनिधि !

प्यूठान : प्यूठान नगरक्षेत्रको एउटा गाउँ । समतल भुभाग । गाउँमै मोटरबाटो । विकासका अन्य पूर्वाधार पनि छ । तर, खानेपानीका कारण यो गाउँका बासिन्दा पीडामा छन् । गाउँमा भएको एकमात्र आपखोलाको मुहान सुक्दै गएको छ । आठवर्ष अघि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले निर्माण गरेको आयोजनाबाट स्थानीयले खानेपानीको जोहो गर्दै आएका थिए । आठ÷दश घरधुरीलाई पायक पर्नेगरी गाउँमा पानीका धारा बनाइएको छ । गत सालसम्म धारामा पानी खसे पनि एक वर्षयता पानी आउन छाडेको छ ।

प्यूठान नगरपालिका-१ दाखाक्वाडीस्थित भलावाङका करिव ६५ घरधुरी ‘काकाकुल’ बनेका छन् । दिनरात पानीकै पिरलोले उनीहरुलाई सताएको छ । पुस्तौंदेखि आपखोला मुहानको पानी पिउँदै आएका स्थानीय ४५ वर्षिय थम्मन खड्काले पछिल्लो समय पानीको अत्यन्तै समस्या भएको अनुभव सुनाए । ‘मही खुवाउन सजिलो होला’, उनले भने, ‘घरमा आएका पाहुँनालाई पानी पुर्‍याउन सकिदैन् ।’ मुहान सुक्न थालेपछि पानीको अभाव भएको उनले बताए ।

गाउँमा खानेपानीको समस्या बुझिदिन निर्वाचन जनप्रतिनिधीलाई पटक-पटक आग्रह गर्दा पनि बेवास्ता गरेको स्थानीय सामाजिक अगुवा शान्तबहादुर थापाले दुःखेसो पोखे । ‘चुनावको बेला विकासको ठूला कुरा गरे’, उनले भने, ‘चुनाव जितेपछि एकपटक पनि फर्केर आएका छैनन् ।’ नगरपालिकाका मेयर र वडाध्यक्षलाई स्थलगत अवलोकन गरी बुझ्न आग्रह गरेको उनले बताए । प्यूठान नगरपालिकाको पुछारमा रहेको भलावाङ गाउँ स्वर्गद्धारी नगरपालिकाको बर्जिवाङ नजिकै पर्छ । नगरपालिकाको कुनामा भएकाले यो क्षेत्रलाई वेवास्ता गरेको स्थानीयको दुःखेसो छ । ‘बजार क्षेत्रमा पनि यस्तै समस्या भएको भए सबैको ध्यान पुग्थ्यो होला’, थापाले भने, ‘गाउँका जनता संधै पछाडी पर्ने भए ।’ नगरक्षेत्रको बासिन्दा भए पनि नगरबासीको अनूभुति गर्न नसकिएको उनको भनाइ छ ।

गाउँ माथीको भुभागमा मुहान नहुँदा स्थानीयलाई पानीको जोहो गर्न समस्या भएको छ । करिव पाँचसय मिटर तल रहेको माडीखोलाबाट बोरिङ गरी लिफ्टमार्फत पानी गाउँमा ल्याउने सम्भावना रहेको स्थानीयको भनाइ छ । छिमेकी स्वर्गद्धारी नगरपालिकामा माडीखोलाबाटै पानी लिफ्ट गरेर गाउँमा ल्याइएको छ । ठुलो लगानी लाग्ने भएकाले जन श्रमदान गरी पानी ल्याउन असम्भव देखिएको स्थानीयको भनाइ छ । नगरसभा हुनपूर्व गाउँलेले वडाबाट खानेपानीका लागि प्राथमिकतामा राखेर योजना मागेका थिए । तर माग वेवास्ता गरेकाले जनप्रतिनिधी जनताका प्रतिनिधी जस्तो नभएको उनीहरुको गुनासो छ ।

विहान र साँझ आधा घण्टा मात्र आउने पानीको धारामा गाउँलेबीच धेरैपटक झण्डा भएको स्थानीयले सुनाए । विहान, बेलुका धाराभरी रित्ता गाग्री हुन्छन् । स्थानीय दाखाक्वाडी स्वास्थ्यचौकीमा आउने सेवाग्राही र माण्डवी प्रावीका विद्यार्थी समेत प्रभावित छन् । सरसफाइका लागि गाउँले माडीखोला सम्म पुग्न बाध्य छन् । पिउने पानीको अभाव झेलिरहेका स्थानीयलाई खेतीपातीमा सिञ्चाई गर्ने कुरा सपनाजस्तै लाग्ने थालेको छ । रेडक्रसले यसअघि करिव १२ लाख रुपैयाँ लगानी गरेर खानेपानी आयोजना निर्माण गरेको स्थानीयले बताए ।

खानेपानी समस्या समाधान गर्न जनप्रतिनिधीलाई स्थानीयले कार्यक्रम बनाउन आग्रह गरेका छन् । ‘भोट माग्न मात्र गाउँ छिर्ने होइन ? ’, स्थानीय थम्मन खड्काले भने, ‘जनता एकपटकलाई मात्र हुन् भन्ने सम्झनु हुँदैन् ।’ दुःखको बेला जनतालाई साथ दिनसमेत उनले जनप्रतिनिधीको ध्यानाकर्षण गराए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.